२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

फैसला

लघुकथा

किशन पौडेल

 

घरको पर्खाल भत्किएर बाटो हिँड्ने क्रममा बटुवाको मृत्यु भयो। बटुवाको आफन्तले घरधनीविरुद्ध क्षतिपूर्ति सहित मुद्दा हाले ।

अदालतले आदेश जारी ग¥यो – “त्यो पर्खालवाला घरधनीलाई तुरुन्तै उपस्थिति गराउनु ।”

प्रहरीहरूले उसलाई समातेर न्यायाधीशसामु हाजिर गराए। घरधनीले हात जोड्दै बिन्ती गरे – “न्याय पाऊँ श्रीमान् ! पर्खाल भत्किनुमा मेरो कुनै दोष छैन ।”

“अनि त्यो कसरी भत्कियो त ?” न्यायाधीश कड्किए ।

– श्रीमान् यो सब त्यो पर्खाल लगाउने मिस्त्रीको गल्ती हो।

– ल उसो भए त्यो पर्खाल लगाउने मिस्त्रीलाई तुरुन्तै अदालतसामु हाजिर गराउनु।

आदेशबमोजिम मिस्त्रीको व्यापक खोजी भयो र समातेर अदालतमा न्यायाधीशसामु पेस गरियो।

न्यायाधीशले कड्किँदै भने –“ल भन तिमीले किन यति कमजोर पर्खाल लगाएको ? तिम्रो ठुलो गल्ती भएको छ । ज्यान मुद्दामा सजाय भोग्नुपर्छ ।”

मिस्त्रीले हात जोडेर डराउँदै बिन्ती गर्दै भन्यो – ‘प्रभु ! मेरो कुनै दोष छैन जबजब म यो पर्खाल लगाउदै हुन्थे यही बाटो हुँदै एक सुन्दरी महिला छोटो लुगा लगाएर मिठो गीत गुनगुनाउँदै सधैँ आउजाउ गरिरहन्थिन् ।  मेरो ध्यान जहिल्यै त्यतातिर मोडिन्थ्यो । उनैले गर्दा मेरो काममा बाधा उत्पन्न भएको थियो श्रीमान् !’

श्रीमानले केहीबेर सोचेर मुद्दाको अन्तिम फैसला गर्दै आदेश दिए –“त्यो छोटो कपडा लगाउने सुन्दरी महिलाको खोजी गरेर जन्मकैदको सजाय दिनु ।”

प्रकाशित: २० असार २०७८ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App