२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

असफल भएको एउटा मान्छे

कविता

होमनाथ खनाल

 

हुर्कियौ बढ्यौ अनि पढ्यौ तिमीले

 धेरैधेरै सपनाहरु बोकेर

बुबाआमाको आशीर्वाद र प्यारमा हुर्केता पनि

जिन्दगीमा केही गर्नुपर्छ भन्ने सोच –विचारले

ओेतप्रोत भएर,जोसजाँगरका साथ

अघि बढेने प्रण गर्दै,  

आफ्ना साथीभाइभन्दा पढाइमा

पनि अब्बल थियौ,

त्यसैले होला

तिमी सफलतामा अरूभन्दा अगाडि थियौ,

मेहनत  थियौ

 यसको परिणाम अवश्य पाउँछौ भन्ने आशा गर्दै

 बस्दाबस्दा,दिन बिते,महिना बिते बर्षाै बिते बित्दै गए

 तर सपना सपनामै रहे

हिँड्ने बाटाहरू हराउँदै गए,

जोश,जाँगर र उत्साह घट्दै गए

सपना सपनैमा रहिरहे

तर तिमी सफलतामा पुग्न नसक्दाको पीडाले

छटपटाउँदै–छटपटाउँदै दिन बित्न थाले

रातमा निन्द्रा हराउन थाले,

हामिले दिएको सफलताको

आशीर्वाद  कता अस्ताए–अस्ताए

तिमी असफल भएको एउटा मान्छे ,

भौतारिंदै –भैतारिंदै

घुमिरहन्छौ– खोजिरहन्छौ

त्यो सफलता

तर पाउन सकेनौ, कहिलै भेट्न सकेनौ।

प्रकाशित: २० असार २०७८ ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App