२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

बहिष्कार

लघुकथा

ममता मृदुल

 

आजको कार्यक्रम बहिष्कार  गर्नुपर्छ ।यो कार्यक्रममा हाम्रो रायसल्लाह नगरी विपक्षीलाई हिरो बनाइएको छ । हामी चुप लाग्नु हुँदैन।

सौरभको छेउमा बसेको  सात वर्षको छोराले यी सबै कुरा सुनिरहेको छ ।  फोन राखेपछि सौरभसँग सोध्यो – बाबा  बहिष्कार गर्दा के हुन्छ ? 

मन नपरेको कामको विरोध गर्नुलाई   बहिष्कार  गर्नु भनिन्छ। बहिष्कार  गर्नु भनेको विरोध हो। यस्तो काम साना मान्छेसँग गरिँदैन।

– ए ल मैले बुझे, छोराले भन्यो।  

छोरा खेल्न थाल्यो।  

सधैँ बिहान सात बजे उठेर पढ़ने छोरा आज आठ बजिसक्यो सुतिरहेको छ ।  

सौरभले छोरालाई बोलाएर भने – आज स्कुल जानु पर्दैन ! यसबेलासम्म सुत्ने हो !

सात वर्षको छोराले सजिलै उत्तर दियो – बाबा हाम्रो स्कुलको प्रिन्सिपल आफूलाई हिरो ठान्छ। त्यसैले मैले साथीहरूलाई  बहिष्कार  गरौँ भने । आज स्कुल नगएर हामीले प्रिन्सिपललाई बहिष्कार गरेका छौँ ।

उसको जवाफ सौरभको  लागि चुनौती थियो।

प्रकाशित: २० असार २०७८ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App