लक्ष्मी उप्रेती
भ्यागुत्ताले टर्र–टर्र आवाज चर्को छरी,
मानिसलाई सम्झाउँछ वर्षायामको झरी।
जब पर्छ साँझ तब आफ्नै गुँडमा सरी,
टर्र–टर्र गर्दै रुन्छ कानै खानी गरी।
बुरुक्क–बुरुक्क उफ्री हिँड्छ हिलो फोहोर भारी,
हेर्दा पनि घिनलाग्दो छ कत्ला जिउभरि।
घर, खेत, हिलो, दह सबैतिर पुग्छन्,
पानी अनि हिलो भुइँमा खुबै रमाउँछन्।
चारखुट्टा तन्काई उफ्री हिँड्छन् यिनी नानी,
सानो –ठूलो भ्यागुत्ताको उस्तै हुन्छ बानी।
प्रकाशित: २१ असार २०७८ ०६:०९ सोमबार