१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

फोटो

लघुकथा

 खगेन्द्र बस्याल 

 

उनीहरूले आफ्नो बिहेको दिनदेखि हजारौं फोटा खिचे। दुवै फोटो भनेपछि हुरुक्कै हुन्थे। अझै उसले खिचेका फोटा हेर्दा लाग्ने गर्दथ्यो । उसमा कुनै फोटोग्राफरभन्दा कम ज्ञान छैन। उनी बेलाबखत जिस्क्याउने गर्थिन्– तपाईं फोटोग्राफर भएको भए अझै आर्थिक उन्नति हुने थियो, बाटो बिराउनुभयो कि!’

उसले उनको  खिचेका फोटाहरूमध्ये एउटा निकै दामी आयो।  त्यति राम्रो फोटो यसअघि कसैको देखेको थिएन। फोटोमा छाएको  मुस्कानले सबै उनीका नराम्रा  देखिने कुरा पर्दाभित्रै लुकाउन सफल थियो। त्यो फोटो देख्यो कि जस्तोसुकै तनावको बेला पनि  शान्ति छाइहाल्थ्यो तर त्यो फोटो उसले उनलाई नैं देखाएको थिएन।

बिहेपछिको छोटोे समयमै उनीको व्यवहारमा नकारात्मक  परिवर्तन बढ्न थाल्यो । सानोतिनो कुरामा रिसले आगो हुने, रिसाउँदै जाँदा बुद्धिविवेक गुमाउन पुग्ने  स्थिति देखेपछि ऊ निकै चिन्तित भयो। ऊ उनलाई पहिलेको अवस्थामा कसरी पुर्याउने सोच्न  थाल्यो । यसैले  आगोमा आगो हुन छोडेर पानी हुने नीतिअनुसार काम गर्न थाल्यो।

यसै क्रममा उनी एकदिन सानै कुरामा  रिसले पागल जस्तै भएकी थिई। उसले लुकाएर दराजभित्र राखेको उनको फोटो निकाले र भन्यो – यो देख्दैमा सबैको मन शीतल बनाउने दिव्य फोटो कस्को हो ?

उनले हेरेर मन एक्कासि शान्त पार्दै भनिन् – मेरै त रहेछ,किन सोधेको यो कुरा ?  

उसले भन्यो – मलाई आज तिमीले यौटै कुराको मात्रै जवाफ देऊ । जुन हामी सबैको हितमा छ। यो फोटोमा देखिए जस्तै हँसिलो, दिव्य र देख्ने सबैको मन प्रसन्न हुने तिम्रो दिन कहिले उदाउला। आखिर यो फोटो अरू कसैको नभएर तिम्रै थियोे।’

प्रकाशित: २१ असार २०७८ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App