२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

मलाई मजस्तै बन्न वर्षौ लाग्नेछ

गजल

सुभद्रा ढकाल 

 

उकाली – ओराली, दाउरा –घाँस गरियो,

जीवन जिउन अनेक प्रयास गरियो ।

 

आँखामा समुन्द्र मुटुमा आगो राखेर,  

छातीभरि तिमीलाई तलास गरियो।

 

मलाई मजस्तै बन्न वर्षौ लाग्नेछ,

आजसम्म तिम्रै हुन अभ्यास गरियो।

 

एक परदेशीले हरेक रात सोच्दो हो –

आमा रुवाएर पराई देशको विकास गरियो ।

प्रकाशित: २१ असार २०७८ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App