२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

रोप्छु छुपुछुपु

बालकविता

त्रिलोचन ढकाल

 

हली दाइ हली दाइ

यति खेत जोतिदेऊ

आली पनि पोतिदेऊ

धान पनि रोपिदेऊ

मलाई पनि सिकाइदेऊ

म नि रोप्छु छुपुछुपु

राख्छु बिउ थुपुथुपु

 

चोके अनौ समाई

जोति राख्छन् हली दाइ

छेुउ पुगी फर्कन्छन्

आफैं पनि मर्कन्छन्

माटो कति गिलो

भएको छ हिलो

म नि रोप्छु छुपुछुपु

राख्छु बिउ थुपुथुपु

 

बाबा आली लाम्नुहुन्छ

आमा कुना तान्नुहुन्छ

भाउजूले रोप्नुहुन्छ

दाइले पनि रोप्नुहुन्छ

दिदी खाजा बोक्नुहुन्छ

घरताला ठोक्नुहुन्छ  

मैले रोप्छु छुपुछुपु

राख्छु बिउ थुपुथुप।

प्रकाशित: २० असार २०७८ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App