८ आश्विन २०८१ मंगलबार
image/svg+xml

महाधिवेशन प्रभावः काठमाडौंका होटल तथा गेस्टहाउस भरिभराउ

अध्यागमन विभागको तथ्यांकले विदेशी पाहुना बढेको देखाइरहँदा यता राजनीतिक पार्टीका महाधिवेशनमा सहभागी हुन आएका पाहुँनालेसमेत होटलक्षेत्र चलायमान भएको देखिन्छ।

महाधिवेशनमा करिब ६ करोड खर्च हुने

नेपाली कांग्रेसको १४औं महाधिवशेनमा सहभागी प्रतिनिधिले छाकैपिच्छे दुईथरी मासु खान पाउनेछन्। प्रतिनिधिहरूलाई शुक्रबारदेखि मंसिर २७ गतेसम्म बिहान लन्च, बेलुका डिनर, बिहान खाजा, दिउँसो चिया बिस्कुट खुवाउने व्यवस्था मिलाइएको छ। प्रत्येक प्रतिनिधिलाई होटलमा एउटा बेडको व्यवस्था मिलाइएको छ।

उद्घाटन सत्रमा जे देखियो

महाधिवेशनलाई भव्य बनाउने नाममा यसपालि कांग्रेसले जनप्रदर्शन नगरेकै कारण त्यस्तो सम्भव हुन गएको हो। यसलाई सकारात्मक कदमका रूपमा लिइएको छ। कार्यक्रम चलिरहँदा प्रदर्शनी मार्गस्थित सडकमा भने सवारीसाधन निषेध गरिएको थियो। सुरक्षाकर्मी पनि व्यापक परिचालन गरिएको थियो। भृकुटीमण्डप प्रवेशद्वारअगाडि सडकमा राखिएका दुईवटा डिस्प्लेमा स्टेजको दृश्य देख्न सकिन्थ्यो।

कांग्रेस महाधिवेशनः पार्टीलाई सुदृढ बनाएर अघि बढाउने अवसर

देउवाले कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको डरत्रासबाट जनतालाई मुक्ति दिएको भन्दै अब त्यस्तो अवस्था आउन नदिन नेता कार्यकर्ता सचेत हुनुपर्ने बताए। फेरि सभापतिको प्रत्यासी बन्ने तयारीमा रहेका देउवाले पार्टीलाई सुदृढ बनाएर अघि बढाउन आफू तयार रहेको दाबी गरे।

कांग्रेस महाधिवेशनले जुरायो ओली, दाहाल र नेपालबीच भेट

पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिन छाडेका थिए।

कांग्रेस महाधिवेशनः पौडेल, प्रचण्ड, नेपालसहित शीर्ष नेताहरु पुगे मञ्चमा

नेपाली कांग्रेसका शीर्ष नेताहरु १४ औं महाधिवेशन उद्घाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन्।

कांग्रेस महाधिवेशनः यस्तो छ उपत्यकाको ट्राफिक व्यवस्थापन

नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन समारोहका बेला हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ।

कांग्रेस महाधिवेशनः यस्तो छ उपत्यकाको सुरक्षा व्यवस्था

कार्यक्रम स्थललाई तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको र चक्रपथ तथा उपत्यका प्रवेश नाकाका लागि छुट्टै घेरामा प्रहरी परिचालन गरिएको छ।

महाधिवेशनमा जेठो दल

शेरबहादुर देउवालाई पाँच पटक मुलुकको प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भए पनि आफ्ना अजेन्डा स्थापित गर्न सकेनन्। विगतमा कांग्रेसले आफ्ना अजेन्डा स्थापित गर्न सकेको भए पनि पछिल्ला वर्षहरूमा यो दल अरूले जता लैजान्छन्, त्यतै डोहोरिने गरेको टिप्पणी हुँदै आएको छ।

किचलोमै बित्यो देउवाको कार्यकाल

२०७२ चैत ३ गते सभापतिको औपचारिक जिम्मेवारी सम्हालेसँगै सुरु भएको किचलो बिहीबार बसेको पार्टी केन्द्रीय समितिको अन्तिम बैठकसम्म कायमै रहन पुग्यो। सभापतिका प्रत्यासी रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीतसँगै विवाद सुरु भएको हो।

कांग्रेस १४औं महाधिवेशन उद्घाटन आजः जनताले भरोसा गर्ने पार्टी बन्ला?

देउवा मात्र होइन, उनका समकक्षी नेताहरू रामचन्द्र पौडेलदेखि उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतले पनि २०४६ सालको राजनीतिक परिवर्तनअघि पद प्रतिष्ठालाई केन्द्रमा राखेका थिएनन्।

कांग्रेस महाधिवेशन: सहमहामन्त्रीमा मीन विश्वकर्माको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन्। नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नु जरुरी छः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छन्।

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डप बेहुली झैं सिङ्गारियो

पार्टीका सभापति, महामन्त्री, केन्द्रीय सदस्यलगायत विभिन्न पदका आकाङ्क्षी उम्मेदवारका तुल, ब्यानरले उक्त क्षेत्र झकीझकाउ भएको छ। यसले महाधिवेशनको रौनक थपेको छ। त्यहाँ पुग्ने जो–कोहीले मोबाइलमा तस्वीर कैद गरिरहेका देखिन्छन् धेरैले मञ्चको सेल्फी लिइरहेका भटिए। महाधिवेशन प्रतिनिधिमात्रै होइन, सर्वसाधारणको ध्यान पनि मञ्चले खिचेको छ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज मध्याह्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्