२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशनः पौडेल, प्रचण्ड, नेपालसहित शीर्ष नेताहरु पुगे मञ्चमा

नेपाली कांग्रेसका शीर्ष नेताहरु १४ औं महाधिवेशन उद्घाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन्।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगेलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि मञ्चमा पुगेका हुन्।

यसअघि सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले आफ्नो नाममा सहमति नजुटेपछि महाधिवेशनस्थलमै नजाने बताएका थिए।

उदघाटन समारोहमा बिभिन्न राजनीतिक दलका नेताहरु पनि पुग्ने क्रम जारी छ। महाधिवेशन उद्घाटन समारोह औपचारिक रुपमा सुरु भइसकेको छ।

प्रकाशित: २४ मंसिर २०७८ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App