८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेस संस्थापन इतर नेताहरु छलफलमा व्यस्तः सभापति टुंगो लगाउनै सकस

सहमतिका लागि पौडेल र शशांकले आफूहरु बाधक नहुने बताए पनि पूर्वमहामन्त्रीसमेत रहेका प्रकाशमान सिंह र नेता शेखर कोइराला दुवैले आफू भएमात्र मान्ने अडान राखेका छन्।

कांग्रेस महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक

नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

मोही माग्ने ढुुंग्रो लुकाउने: जेन्युइन, कुलिन र लाहुरे कांग्रेसको भिडन्त

नेकपा फुटाएर माओवादी र माधव नेपाल समूहको वैशाखी टेकेर बनेको सरकारले कत्ति पनि डेलिभरी गर्न सकिरहेको छैन।

सभापतिमा संस्थापन इतर सहमतिनजिक

महाधिवेशन सुरु हुनु तीन दिनअघि मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको इतर पक्षको बैठक साझा उम्मेदवार तय गर्न सहमतिनजिक पुगेको दाबी नेताहरूले गरेका हुन्।

सहमहामन्त्रीमा भिड्दै अजय चौरसिया

नेपाली काँग्रेसको मधेशका प्रभावशाली नेता अजय चौरसियाले पार्टीको १४ औं महाधिवेशनमा आफू सहमहामन्त्रीको उम्मेदवार बन्ने बताएका छन्। नेपाली काँग्रेसको वर्तमान केन्द्रीय सदस्य तथा तराई मधेस विभागका प्रमुख रहेका चौरसिया आगामी केन्द्रीय समितिमा मधेसी कलस्टरबाट सहमहामन्त्रीका लागि ‘टिममा छलफल बढाइसकेको’ जानकारी दिए।

कांग्रेस महाधिवेशनः काठमाडौंमा दश हजार झण्डा राखिँदै

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौँमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न सुरुआत गरिएको छ।

कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

प्रवक्ता शर्माले प्रदेश २ को अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक अन्य सबै तहका निर्वाचन सकिएको र प्रदेशमा २ मा महाधिवेशनपछि निर्वाचन गर्ने बताए।

बागमतीको उपसभापतिमा बस्नेत र महर्जन विजयी

उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतमले १००४ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ८३९ प्राप्त गरे।

मुख्यमन्त्री शाहीद्वारा कांग्रेस सहमहामन्त्रीको उम्मेदवारी घोषणा

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

कांग्रेस केन्द्रीय सदस्यमा बाँकेबाट पाँच जना आकांक्षी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि बाँकेबाट ५ जना आकांक्षी देखिएका छन्। संस्थापन(देउवा) पक्षबाट ४ र संस्थापन इतर (कोइराला पौडेल) पक्षबाट एक जनाले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका हुन्।

केन्द्रीय महाधिवेशन पछि मात्रै सिन्धुलीमा जिल्ला अधिवेशन हुने

यहि मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशन पछि मात्रै जिल्ला अधिवेशन हुने नेपाली कांग्रेस सिन्धुलीले जनाएको छ।

कांग्रेस महाधिवेशन: प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ।

एमालेमा केन्द्रीय सदस्य मनोनयनको तयारी

एमाले महाधिवेशनमा सहमतिका नाममा विशाल भट्टराई, सुरेन्द्र मानन्धर, शिव गुरुङ, बुद्धिकुमार राजभण्डारी, कृपाशुर शेर्पा, दीपक भट्टलगायतका धेरै नेताहरू केन्द्रीय सदस्य हुनबाट बञ्चित भएका थिए। भट्टराईलाई प्र्रदेश १ को अध्यक्ष बनाउने तयारी भए पनि अन्य नेताको हकमा केन्द्रीय सदस्यमै व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ।

शक्ति बढाउँदै सिटौला

पार्टीभित्र विद्यमान तीन समूहमा सिटौला पक्ष एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हैसित नभए पनि नयाँ नेतृत्व चयनका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेशसम्म भएका निर्वाचनमा उनीहरूको मत निर्णयक बनेको छ। झापासहित केही जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएका सिटौलाले कोइरालाहरूको गढ मानिएको प्रदेश एकको नेतृत्व पनि आफ्नो पक्षमा पारेका छन्।

इतर पक्षमा सहमतिको सम्भावना टर्दै

नेता रामचन्द्र पौडेलनिवास बोहोराटारमा सोमबार साझा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सहभागी थिए। छलफलमा सहभागी चारैजना नेताले सभापतिमा आ–आफ्नो दाबेदारी फेरि प्रस्तुत गर्दै उनीहरूले एकअर्कालाई आफूलाई सहयोग गर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्