२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सहमहामन्त्रीमा भिड्दै अजय चौरसिया

नेपाली काँग्रेसको मधेशका प्रभावशाली नेता अजय चौरसियाले पार्टीको १४ औं महाधिवेशनमा आफू सहमहामन्त्रीको उम्मेदवार बन्ने बताएका छन्। नेपाली काँग्रेसको वर्तमान केन्द्रीय सदस्य तथा तराई मधेस विभागका प्रमुख रहेका चौरसिया आगामी केन्द्रीय समितिमा मधेसी कलस्टरबाट सहमहामन्त्रीका लागि ‘टिममा छलफल बढाइसकेको’ जानकारी दिए।

काँग्रेस सभापति शेरबहादुर देउवासंग नजिक रहेका उनी देउवा पैनलबाट नै सहमहामन्त्रीमा भिड्न खोज्दैछन्। प्रधानमन्त्री देउवाको दुत बनेर गत असोजमा भारतको केन्द्रीय सरकारको सत्तारुढ दल भारतीय जनता पार्टीको आमन्त्रणमा भ्रमणमा गएको ३ सदस्यीय टोलीमा नेता चौरसिया पनि सामेल थिए।

पूर्व मन्त्री समेत रहेका चौरसिया लागातार २ पटकदेखि काँग्रेसको केन्द्रीय सदस्य छन्। पर्सामा संस्थापन पक्षकै अर्का केन्द्रीय सदस्य रमेश रिजालसंग मिलेर बिमलेन्द्र निधि निटक अजय द्विवेदी र रामचन्द्र पौडेल निकट राजेन्द्रबहादुर अमात्यको तालमेलको समूहलाई जिल्लामा नराम्ररी परास्त गरेका छन् उनले। अधिकांश वडाहरु, प्रदेश सभा क्षेत्र र क्षेत्रीय समितिमा देउवा समूहको वर्चश्व स्थापति गर्न सफल भएको छ, चौरसिया रिजाल समूह।

‘मेरो दावेदारी स्वभाविक हो, वीरगन्ज क्षेत्रलाई पनि केन्द्रीय समितिमा न्यायपूर्ण सहभागिता दिलाउन मेरो उम्मेदवारीले सघाउने छ,’ चौरसियाले भने, ‘मधेसी कलस्टरबाट सहमहामन्त्रीमा चुनाव लड्छु भन्ने इच्छा मैले अलि पहिलेदेखि नै नेताहरु समक्ष राखिसकेको हो।’ उनले पार्टीलाई एक ढिक्का बनाउन र मधेसमा काँग्रेस बलियो बनाउन आफ्नो भूमिका हुने नेता चौरसियाले बताए।

प्रकाशित: २१ मंसिर २०७८ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App