८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक

नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन्।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेभसाइटमार्फत सार्वजनिक गरेको यस नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ। यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ।

उक्त नामावलीमा पार्टीका भातृ संस्थाका ६०, शुभेच्छुक संस्थाका ६७ र विदेशस्थित पार्टीका जनसम्पर्क समितिका करिब १५० जना महाधिवेशन प्रतिनिधिको नाम भने थप हुन बाँकी रहेको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।

यसैगरी सर्लाहीका चार सङ्घीय निर्वाचन क्षेत्र र महोत्तरीको एक सङ्घीय निर्वाचन क्षेत्रका १३० जना महाधिवेशन प्रतिनिधिको नाम आज साँझसम्म आइपुग्ने उनले बताए। यस महाविधेशनमा जम्मा चार हजार ७०० भन्दा केही बढी सङ्ख्यामा महाधिवेशन प्रतिनिधि हुने समितिले जनाएको छ।  

महाधिवेशन प्रतिनिधिको आधिकारिक सूची भने समितिले निर्धारण गरेको निर्वाचन कार्यतालिका बमोजिम आगामी शुक्रबार प्रकाशन गरिनेछ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेभसाइटमार्फत् सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली तलको लिङ्कमा गएर हेर्न सकिन्छ। रासस

प्रकाशित: २२ मंसिर २०७८ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App