१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशनले जुरायो ओली, दाहाल र नेपालबीच भेट

शुक्रबार नेपाल कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल करिब १ वर्षपछि एउटै मञ्चमा देखिएका छन्। भृकुटीमण्डपमा भएको महाधिवेशनको उद्घाटन समारोहमा दाहाल र ओलीसहित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै देखिएका हुन्।

पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिन छाडेका छन्। तत्कालीन नेकपा सचिवालयको ७० औं बैठकमा ओलीमाथि विभिन्न आरोप लगाउँदै दाहालले प्रस्ताव पेस गरेपछि दुई नेताबीचको सम्बन्ध बिग्रिएको थियो। 

ओली र नेपालबीच करिब ५ महिनायता भेटघाट भएको छैन।

प्रकाशित: २४ मंसिर २०७८ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App