१५ वैशाख २०८१ शनिबार
image/svg+xml

जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

समाचारको सारांश हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच गाभिने सम्झौता खारेज भएको छ। नेपाल राष्ट्र बैंकले एकापसमा गाभिन पाउने नीतिगत व्यवस्था गरेको छ। त्यसबाट सकारात्मक नतिजा समेत हासिल भएको छ।

तरलता संकटले घरजग्गा कारोबारलाई छोएन

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घर–जग्गाको कारोबारमा कडाइ गरे पनि अवस्था त्यस्तो नभएको पाइएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसारफागुन महिनामा मात्रै ७४ हजार३६ लिखत पारित भएको छ। यस्तै घर–जग्गाको नामसारी मात्रै ५ हजार९ वटा भएका छन्। संशोधनतर्फ ४ हजार५ सय ३९, हाल साबिकतर्फ २ हजार६ सय ९३, घर–जग्गा रोक्कातर्फ ३६ हजार५ सय ७२ रफुकुवातर्फ कूल २४ हजार७ सय ४९ कारोबारभएको विभागको विवरण छ।

आफ्नै स्रोतले मात्र अर्थतन्त्र दिगो हुने

एसियाली विकास बैंक एडिबीका दक्षिण एसिया मामिला हेर्ने उपमहानिर्देशक मनमोहन प्रकाशले नवीन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

बैंकिङ कसुरमा चिनियाँसहित ३७ पक्राउ

सिन्धुली घर भई ललितपुर बस्ने दीपक श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिक च्याङ हु वओले नेपालीको प्रयोग गरी बैंकिङ कसुर गरेको प्रहरीको दाबी छ।

अनुत्पादक क्षेत्रको कर्जामा कडाइ

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत विभिन्न क्षेत्रको कर्जामा कडाइ गरेको छ। सेयर, गाडी, घरजग्गा, सेयर धितो लगायतको कर्जामा कडाइ गरेको हो।

ग्रीनलाइनका सञ्चालक प्रहरी सम्पर्कमा

अनुसन्धानको क्रममा प्रहरीले ओमप्रकाश, अमित, अभिषेकसहित परिवारका नौ सदस्य वीरगञ्ज हुँदै भारत पुगेको तथ्य फेला पारेको थियो। सो क्रममा प्रहरीले अग्रवाल परिवारको ज्ञानेश्वरस्थित घरबाट नोटसमेत फेला पारेको थियो। अग्रवाल परिवारले मेगा, ग्लोबल आइएमई, एभरेष्ट र इन्भेस्टमेन्ट बैंकका उच्च पदाधिकारीहरूसँग सम्पर्क गरेर कर्जा तिर्न थप समयसमेत मागिरहेका छन्।

तरलता समस्या समाधानमा परिसंघका ६ सुझाव

परिसंघका अनुसार निक्षेप मिश्रणका कारण तरलता असन्तुलन भइरहेको छ। खास गरी निक्षेपमा चल्ती र बचतको अंशभन्दा मुद्दतीको अंश बढेकाले तरलता व्यवस्थापनमा दबाब पुगेको छ।

बैंक खाता जनसंख्या भन्दा धेरै

हालसम्म खोलिएका ३ करोड ९४ लाख खातामध्ये ३ करोड ७० लाख हाराहारी निक्षेप हुन् भने बाँकी कर्जा खाता हुन्। यो तथ्यांकले सरकारले सबै नागरिकका लागि बैंक खाता खोल्ने लक्ष्य पूरा भएको देखिन्छ।

तरलता अभावको मारमा उद्योग

तरलता अभाव कम गर्न सरकारले पुुँजीगत खर्चमा तीव्रता दिनुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा त्यसो हुन सकेको छैन।

फेरि लकडाउन अर्थतन्त्रले थेग्दैनः अर्थमन्त्री

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को सोमबार भएको दोस्रो वार्षिकोत्सवमा बोल्दै शर्माले अर्थतन्त्रमा अहिले केही चाप र दबाब देखिए पनि खराब अवस्थामा नपुगेको स्पष्ट पारे।

रिपोमार्फत बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह हुँदै

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रूपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले आगामी मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो।

वित्तीय संस्थाको धेरै कर्जा थोक तथा खुद्रा बिक्रेतामा

थोक तथा खुद्रा विक्रेतामा लगानी बढ्नु भनेको स्वदेशमा उपभोग्य वस्तुको खपत बढ्नु हो। केही वर्षदेखि दैनिक गुजारा चलाउनका लागि खाद्य पदार्थसमेत भारत लगायत छिमेकी मुलुकबाट आयात हुने गरेको छ।

एक सातामा २६ अर्ब रूपैयाँले बढ्यो निक्षेप

वित्तीय संस्थामा तरलता अभाव हुन लागेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरूले २६ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको तथ्यांक सार्वजनिक भएको छ।

‘विकासका लागि पुँजीगत खर्च र वैदेशिक लगानी वृद्धि आवश्यक’

मुलुकको आर्थिक विकासका लागि पुँजीगत रकमको खर्च र प्रत्यक्ष वैदेशिक लगानी वृद्धि गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्