coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तरलता संकटले घरजग्गा कारोबारलाई छोएन

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिएको छ।

गत फागुनको घरजग्गा कारोबारको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र? भन्ने जस्तो तथ्य देखिन्छ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घर–जग्गाको कारोबारमा कडाइ गरे पनि अवस्था त्यस्तो नभएको पाइएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसारफागुन महिनामा मात्रै ७४ हजार३६ लिखत पारित भएको छ। यस्तै घर–जग्गाको नामसारी मात्रै ५ हजार९ वटा भएका छन्। संशोधनतर्फ ४ हजार५ सय ३९, हाल साबिकतर्फ २ हजार६ सय ९३, घर–जग्गा रोक्कातर्फ ३६ हजार५ सय ७२ रफुकुवातर्फ कूल २४ हजार७ सय ४९ कारोबारभएको विभागको विवरण छ।

घर–जग्गाको सबै विवरण हेर्दा फागुनमा मात्रै १ लाख ६२ हजार६ सय ७८ वटा काम भएका छन्। गत माघमा १ लाख ३२ हजार५३ वटा घर–जग्गाको काम भएको देखिन्छ। यसले माघको तुलनामा फागुनमा बढी काम भएको देखाउँछ। गत माघमा ५९ हजार५ सय १६ वटा लिखत पारित भएका थिए। यस्तै घर–जग्गाको नामसारीतर्फ ४ हजार२ सय ७७ वटा थिए। संशोधनतर्फ ३ हजार६ सय २२, हाल साबिक २ हजार१ सय ४९, रोक्का ३० हजार९ सय ८७ रफुकुवातर्फ १८ हजार६ सय ७६ वटा काम भएका थिए।

बैंक तथा वित्तीय संस्थाले कर्जा दिएनन् वा कारोबारभएन भन्ने विषयलाई यो तथ्यांकले भने अस्वीकारगरेको देखिन्छ। विभागको विवरण अनुसारफागुनमा घर–जग्गाको कारोबारबाट मात्रै ६ अर्ब २६ करोड १६ लाख रूपैयाँ राजस्व संकलन भएको छ। रजिस्टेसन दस्तुरबाट ३ अर्ब ७८ करोड ११ लाख, अतिरिक्त शुल्कबाट ४ लाख, पुँजीगत लाभकरबाट १ अर्ब ४४ करोड ४६ लाख राजस्व उठाइएको छ।

सो महिना मात्रै घर–जग्गाको कारोबारमा ५५ करोड ६५ लाखभन्दा बढी छुट समेत पाएका छन्। बागमतीतर्फ मालपोत कार्यालय चाबहिलले फागुनमा ३८ करोड ३५ लाख, डिल्लीबजारले ४५ करोड ३२ लाख राजस्व संकलन गरेका छन्। त्यसैगरी मालपोत कार्यालय कलंकीले ३९ करोड १६ लाख, साँखुले १५ करोड ७४ लाख, मनमैजुले १३ करोड २९ लाख रटोखाले ११ करोड २९ लाखभन्दा बढी राजस्व संकलन गरेका छन्।

यस्तै, काठमाडौं उपत्यकामा सबैभन्दा बढी लखनखेल मालपोत कार्यालयले बढी राजस्व संकलन गरेको छ। विभागको विवरण अनुसारलखनखेल मालपोतले ५४ करोड २२ लाख बराबरराजस्व संकलन भएको छ। यस्तै, मालपोत कार्यालय बाँकेले ११ करोड, कास्कीले १२ करोड ४५ लाख, चितवनले १६ करोड २८ लाखभन्दा बढी राजस्व संकलन गरेको छ। विभागका अनुसारमालपोत कार्यालय रूपन्देहीले ९ करोड १९ लाख, चन्द्रौटाले ३ करोड ३५ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

केही मालपोत कार्यालयले भने मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कमार्फत पनि राजस्व संकलन गरेका छन्। त्यसमा सप्तरीको राजविराज रकञ्चनपुर, सिराहाका दुई मालपोत कार्यालय, जनकपुरधाम, जलेश्वर, महोत्तरी, सर्लाहीका तीन मालपोत कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कोषमार्फत रकम संकलन गरेका छन्। प्रदेश नं २ का रौतटह, बारा, पर्साका मालपोत कार्यालयमा समेत सो कोषमार्फत घर–जग्गाको कारोबारगर्दा रकम संकलन गरिएको छ। त्यसबापत ४ करोड २९ लाखभन्दा बढी रकम संकलन भएको छ।

प्रकाशित: ७ चैत्र २०७८ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App