१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बाँकेलाई सन्तोषजनक बजेट

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमबाट निराशा भएको बाँकेमा आगामी आर्थिक वर्षको बजेटले भने केही राहत महसुस गराएको छ।

आज कार्यव्यवस्था परामर्श समितिको बैठक

बागमती प्रदेशसभाको भोलि बस्ने दशौँ अधिवेशन बैठकपूर्व आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ।

असार १ देखि मतदाता नामावली संकलन

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने भएको छ।

सर्लाहीको गोडैता नगरबासीले जिताए पुरानै मेयर

मधेश प्रदेशको प्रदेशसभामा नेपाली कांग्रेसका मुख्य सचेतक उपेन्द्रप्रसाद कुशवाहालाई नगरबासीले मेयर पदमा अस्वीकार गरेका छन्।

मधेस प्रदेशसभाको बैठक आज बस्दै

मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ। प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ।

मधेश प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित

मधेश प्रदेशको प्रदेशसभाको आज बस्ने भनिएको बैठक फागुन २२ गते सम्मका लागि स्थगित भएको छ।

आगामी अधिवेशनमा चारवटा विधेयक टेबल गर्ने तयारी

गण्डकी प्रदेशसभाको आगामी अधिवेशनमा चारवटा विधेयक पेश हुने भएको छ। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अब केही दिनमा आह्वान हुँदैछ। तर कहिले शुरु हुने भन्ने टुंगो लागेको छैन।

मधेस प्रदेशसभाको बैठक आज बस्दैः सङ्कल्प प्रस्तावमाथि छलफल हुने

गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका थिए।

कर्णालीका भौतिक मन्त्रीको गाउँ नै बिजुली विहीन

कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाको गाउँ बिजुली विहीन छ।

मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ। प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो।

प्रदेश २ नामांकनः चार नाममध्ये मतदानबाट टुंगो लगाइने

नाम र राजधानी यसै साता गोप्य मतदान प्रक्रियामा जानुपर्ने, मतदानको लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति स्रोतसाधन, मतदान सामग्रीहरू तथा सुरक्षा प्रबन्धलगायतका यथोचित व्यवस्थापन गर्नुपर्ने, मतदान प्रक्रिया सभाकक्षसँगै रहेको कक्षमा सम्पन्न गर्ने समितिले निष्कर्ष निकालेको छ।

प्रदेशसभाको बैठक बस्दै, प्रदेशको नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने

समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो। तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको उनको भनाइ छ।

कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश

कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ।

सकियो कांग्रेस मतगणनाः देउवा झनै शक्तिशाली

महाधिवेशनबाट निर्वाचित हुने १ सय ३४ पदमा देउवा समूहबाट १ सय ९ नेता निर्वाचित भएका छन्। त्यसबाहेक इतरबाट जम्मा २५ नेता मात्र आफ्नो स्थान सुरक्षित गर्न सफल भएका हुन्।

बागमती प्रदेशसभा बैठकः एमालेद्वारा संसद् अवरुद्ध

सभामुख श्रेष्ठले एमाले प्रदेशसदस्यालाई पटकपटक बस्न आग्रह गरे पनि उनीहरुले अवरोध गरिरहेपछि आजको बैठक स्थगन गरी यही पुस ८ गते ११ बजे अर्को बैठक बस्ने निर्णय गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्