२४ असार २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

सर्लाहीको गोडैता नगरबासीले जिताए पुरानै मेयर

मधेश प्रदेशको प्रदेशसभामा नेपाली कांग्रेसका मुख्य सचेतक उपेन्द्रप्रसाद कुशवाहालाई नगरबासीले मेयर पदमा अस्वीकार गरेका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा गोडैता नगरपालिकामा मेयर पदको लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कुशवाहा लोसपा नेपालका देवेन्द्रकुमार यादवसित पराजित भएका थिए।

मेयरमा पराजित भएपछि कुशवाहा नेपाली कांग्रेसबाट प्रदेशसभामा प्रत्यक्ष चुनाव लड्दा राम्रो मत ल्याएर विजयी भएका थिए। प्रदेशसभामा नेपाली कांग्रेसले सम्मान गरेर कुशवाहालाई मुख्य सचेतक बनाएको थियो तर स्थानीय तहको चुनाव आएपछि कुशवाहा फेरी गोडैता नगरपालिकाको मेयर पदका लागि नेकाबाट उम्मेदवार बने।

दोस्रो पटक मेयर पदका लागि उम्मेदवार बनेका कुशवाहालाई गोडैता नगरबासीले पुनः अस्वीकार गरेका छन्। बिहीबार सार्वजनिक भएको गोडैता नगरपालिकाको अन्तिम परिणामले लोसपा नेपालका उनै देवेन्द्रकुमार यादवलाई मेयर पदमा जनताले पुनः पठाएका छन्।

उच्च शिक्षित र सामाजिक विकासको काममा अत्यन्तै सक्रिय यादवलाई गोडैताबासीले पुनः मेयरमा निर्वाचित गराउँदा सर्लाहीमा लोसपा नेपालको खाता बल्ल खुलेको छ। नेपाली कांग्रेसको वर्चस्व देखिएको सर्लाहीमा लोसपा नेपालबाट निर्वाचित हुने मेयर र उपमेयरसहितको एक मात्र पालिका बनेको छ।

महन्थ ठाकुर, राजेन्द्र महतोजस्ता लोसपाका वरिष्ठ नेताहरु सर्लाहीकै भए पनि लोसपाले सर्लाहीमा सहज जित निकालेको गोडैता नगरपालिकामा नै हो। अन्य पालिकामा पनि लोसपा आउने सम्भावना न्युन देखिएको छ। गोडैता नगरपालिकाको प्रमुखमा यादवले ५२९४ मत प्राप्त गर्दा प्रदेशसभाको माननीय पद परित्याग गरी मेयर पदमा पुनः चुनाव लडेका कुशवाहाले ४७५२ मत ल्याएका छन्।

गोडैता नगरपालिकाको उपप्रमुखमा लोसपाकी अन्जना कुशवाहा पुनः निर्वाचित भएकी छन्। मेयरमा पुनः निर्वाचित भएपछि यादवले आफ्ना अधुरा योजना पूरा गर्ने सपना साकार हुने र आफ्नो पालिकालाई जिल्लामा सम्मान दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App