१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बागमती प्रदेशसभा बैठकः एमालेद्वारा संसद् अवरुद्ध

बागमती प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत आज बसेको बैठक नेकपा (एमाले)ले अवरुद्ध गरेको छ। 

प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले सुरु गर्ने वित्तिकै एमालेका सदस्यले उठेर विरोध गरेका हुन्। प्रदेश पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले रोस्ट्रमबाट अघिल्लो सरकारले गरेको कुलेखानी सुरुङमार्ग निर्माण गर्ने योजना फिर्ता लिएको, विद्युतीय बस खरिद प्रक्रिया रोकेको, विगतमा सात वटा मन्त्रालय मात्र रहेकामा १४ वटा पुर्याउन खोजेको, मुख्यमन्त्रीले जनताले तिरेको कर समाजवादी पार्टी सङ्गठन निर्माणमा दुरुपयोग गर्न थालेको, विकास निर्माणको रकमलाई मन्त्रालय थपेर बजेट दुरुपयोग गरेकोजस्ता आरोप लगाए।

सभामुख श्रेष्ठले एमाले प्रदेशसदस्यालाई पटकपटक बस्न आग्रह गरे पनि उनीहरुले अवरोध गरिरहेपछि आजको बैठक स्थगन गरी यही पुस ८ गते ११ बजे अर्को बैठक बस्ने निर्णय गरे।

प्रकाशित: ७ पुस २०७८ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App