९ मंसिर २०८१ आइतबार
image/svg+xml

आज राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ।

राष्ट्रकवि घिमिरेका सान्निध्यमा

‘हाम्रो संस्कृतिमा एक एक अक्षरलाई बीजाक्षर मानिएको छ। वर्णविन्यासमा र उच्चारणमा आजभोलि आएको मत भिन्नता कुन ठीक यसको निर्णय चाहिँ विद्वान्हरूको गोष्ठीबाट नेपाल प्रज्ञा प्रतिष्ठानले गर्छ जस्तो लाग्छ। किनभने भाषा विभाग छुट्टै राखेर नेपाल सरकारले ऐन बनाएर दिएको त्यही संस्था हो।’

हृदयको प्रतिध्वनि

म अझ तल्लिन भएर गायनको गहिराइमा डुबेकी हुन्छु। अचम्म ! त्यै वीणासँगै मिसिएको एउटा ‘शान्ति’ भनेर बोलाएको मीठो आवाजले मेरो हृदय झंकृत हुन पुग्छ। त्यो परिचित आवाजले म झल्याँस्स हुन्छु, आँखा उघार्छु र यताउता हेर्छु। आकृति होइन, आभास म आफ्नै पिताको अनुभव गर्छु।

दर्पणमा प्रतिच्छाया

सांसारिक जीवनमा आउने कतिपय कठिन परिस्थितिमा पनि साहित्यिक यात्रा रोकिएन। जागा अवस्थामा मात्र होइन, निद्राको सुषुप्तिमा समेत उहाँको चेतनालाई निद्राले जित्न सकेन।

‘लाई कल्यै पनि नसकिने प्रीति नौ लाख मेरा’

महाकाली ८६ वर्ष लागिसकिन्। पिताको विरासत धानेर बसेकी छन्। अनुहारमा कान्ति र जीवनमा शान्ति छ। गौरीले सुम्पेकी नासो बालिका शान्ति–कान्तिलाई स्वयं अबोध बालिका महाकालीले हुर्काई संगीतमा एक सरगम र चित्रकलामा अर्को चहकिलो रङ थपिन्। पिता–काव्यले सुम्पेका नासो वयस्क ‘ऋतम्भरा’ महाकाव्य महाकालीको अर्को परीक्षा हो।

राष्ट्रकविको जीवनमा त्यो खेल

२०१८–१९ सालतिरको कुरो हो, हाम्रो डेरा नयाँ बजारमा थियो। बुवा प्रत्येक शनिबार आफ्ना अग्रज लेखनाथको ठमेलस्थित घरमा तास खेल्न जानुहुन्थ्यो। त्यहाँ बुवाबाहेक अरू लेखकको पनि ठूलै जमघट हुन्थ्यो। जमघटका लागि तास त एउटा निहुँ मात्र थियो। तासको प्रत्येक चालसँगै साहित्यिक चर्चा परिचर्चा हुन्थ्यो।

गुलाबी गुलाफ र राष्ट्रकवि

आफूभन्दा सत्र वर्ष कान्छी द्वितीय पत्नी र दुई छोरीबीचको त्रिपक्षीय सम्बन्धको सन्तुलन मिलाउनु पनि कम चुनौतीको विषय थिएन। दोस्रो सम्बन्धले जुराएको छ, सन्तानको व्यवस्थापनको जिम्मेवारी कहाँ सजिलो थियो र ? त्यो पनि काठमाडौंमा विनापैतृक सम्पत्ति अनि लेखन पेसाले। आँख्ला आँख्लाका चुनौती सामना गरेर गुलाफ फक्रिएझैँ आफूले पनि जीवनका अप्ठेरा खुड्किला पार गर्दै गुलाफ जस्तै फक्रन पाएकामा दंग हुनुहुन्थ्यो होला बुवा!

राष्ट्रकविको खाना र दीर्घ जीवन

खाना जीवनको आधार हो। खाना सन्तुलित र ठीक मात्रामा खानुपर्छ भन्ने बुवाको भनाइ थियो। समय र कामले भ्याएसम्म बुवा हामी परिवारसँगै बसेर खाने गर्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, ‘पच्ने गरी खानका लागि चपाएर बिस्तारै खानुपर्छ, आत्तिएर नखाओ है।’

बुवाले चर्चिनुभएको सुन्दर बगैँचा

यो यही भाग्यमानी चौर हो, जहाँ बुवाका सन्तानहरूका विवाह व्रतबन्धजस्ता खुसीका कार्यक्रम भए । बुवाआमाको सहस्र चन्द्रदर्शन र बुवाको १०१ वर्षको जन्मोत्सव जस्तो पवित्र एवम् दिव्य धार्मिक कार्य भए ।

राष्ट्रकवि: समर्थन र विरोध

हामीलाई महाकवि देवकोटा मनपर्दैन, उनले शिक्षामन्त्री हुँदा मातृभाषामा पढ्न पाउने अधिकारबाट सम्पूर्ण अन्य भाषाभाषीलाई कुठाराघात गरे। कविशिरोमणि लेखनाथ मनपर्दैन, उनले राणा र राजाको गुणगानमा भनेर राणाका लागि ‘पिँजडाको सुगा’ लेखे। अम्बर गुरुङ मनपरेन, उनलाई राजा महेन्द्रले नेपाल ल्याए। हामीलाई बालकृष्ण सम मनपर्दैन, किनकि उनी कुलीन राणाको घरमा जन्मिए।

गीतकारका रूपमा राष्ट्रकवि माधव घिमिरे

‘म गीत पनि लेख्छु, कविता पनि लेख्छु। यी दुवै नै कविता हुन्, एउटा पाठ्य कविता हो भने अर्को गेय कविता हो। एउटा सामान्य लयमा गाइने गीत हो भने अर्को विशेष लयमा गाइने गीत हो।’

राष्ट्रकविप्रति श्रद्धासुमन

‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे’ बोलको गीत होस् वा ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’ लगायतका गीत नै किन नहोऊन्, तिनमा व्यक्त भावले उनको राष्ट्रप्रेम झल्काएको छ ।

राष्ट्रिय सम्मानका साथ राष्ट्रकविको बिदाइ

१३ वर्षको उमेरदेखि नै सिर्जनालाई अँगालेका उनले जिन्दगी नै त्यसैमा बिताए । राणाकाल, प्रजातन्त्र र गणतन्त्रसम्म भोग्दै साहित्य सिर्जना गरे । उनलाई २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘राष्ट्रकवि’को उपाधि दिएका थिए ।

राष्ट्रकविका खण्डकाव्यको विश्लेषण

सृष्टिको अशेष वरदान दिन सक्तैनौँ भने मानिसबाट हामी त्यो हेर्न पनि सक्तैनौँ,’ राष्ट्रकवि माधव घिमिरेले ‘राजेश्वरी’ खण्डकाव्यको भूमिकामा यस प्रकारको मानवतावादी महान् सन्देश दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्