८ वैशाख २०८१ शनिबार
प्रकाश सायमी


प्रकाश सायमीका लेखहरु :

दावा ग्याल्मोलाई शुभकामना खालिखालि

भारतीय नेपालीको मार्मिक संघर्षस्थल नै मानिन्छ, दार्जिलिङ। पश्चिम बंगालको सानो पहाडी राज्य दार्जिलिङ, जो लामो समयदेखि नेपाली भाषालाई भारतको आठौँ अनुसूचीमा अन्तर्भुक्त गर्न जुन लडाइँ लडिरहेको थियो, त्यसमा कैँयौको हार कैँयौको जित भयो नै, दार्जिलिङको आफ्नो लडाइँमा अहिलेसम्म नेपालीको हार नै भएको छ, गोर्खाल्यान्डको मागमा।

‘ब्युँझे पनि म देख्छु, तिमी नै म देख्छु निदमा’

उनी सच्चा अर्थमा नेपाली संगीत जगत्का जिउँदो स्रष्टा थिए। यस्ता जिउँदो स्रष्टा जसले कहिल्यै ‘सरकारले मलाई हेरेन, सरकारले मलाई केही दिएन’ भनेर गुनासो गरेनन्। उनले दिन मात्र जानेका रहेछन्, लिन जानेका रहेनछन्।

नारायणगोपाल ब्लु मेमोरिज

पेमाला गुरुवाचार्यले लेखेकी छन्, ‘नारायणगोपालको स्वरको, आवाजको, गलाको आफ्नै अद्वितीय भाषा छ, आफ्नै ओज छ। सम्भवतः यसै कारण स्वरका ज्ञाताहरू, स्वरका मर्मज्ञहरू यो आवाजलाई, स्वरलाई कालजयी स्वर भन्ने गर्छन्।’

पुरस्कार बहिष्कारको अर्थ

नोबेल पुरस्कारबारे आफ्नो असहमति जाहेर गर्दै धेरैपटक अर्जेन्टाइन लेखक हार्खे लुई बोर्खेसले भनेका छन्, ‘किताबको खोल हेरेर दिइने यो पुरस्कार बाँडिने मौसम मलाई अलि चिसो चिसो लाग्छ।’

शान्ति ठटालको स्वरगाथा

विश्व संगीत भारती निकेतनको अध्ययनपछि शान्तिको गायकीमा गमक, माधुर्य र लयकारी शैलीले नयाँ भाव आइसकेको थियो। भन्नेहरूले उनको स्वरका बारेमा अझै थप यसो पनि भन्छन्, ‘कलकत्तामा गएर सिकेपछि दिदीको स्वर अलि धेरै बिग्रियो, पहिले त अझ कस्तो राम्रो थियो।’

साहिर जसले कहीँ कसैबाट प्रेम पाएनन्

भनिन्छ, हाज्रासित छुटेका बेला भर्खर साहिरको अमृतासित प्रेम सुरु मात्र भएको थियो। यसपछि उनले लेखेको नज्म चर्चामा आयो, जुन पछि चलचित्र गुमराह (१९६३) मा प्रयोग गरिएको थियो– ‘चलो एक बार फिर से अजनबी बन जाएँ हम दोनों।’

राष्ट्रकवि: समर्थन र विरोध

हामीलाई महाकवि देवकोटा मनपर्दैन, उनले शिक्षामन्त्री हुँदा मातृभाषामा पढ्न पाउने अधिकारबाट सम्पूर्ण अन्य भाषाभाषीलाई कुठाराघात गरे। कविशिरोमणि लेखनाथ मनपर्दैन, उनले राणा र राजाको गुणगानमा भनेर राणाका लागि ‘पिँजडाको सुगा’ लेखे। अम्बर गुरुङ मनपरेन, उनलाई राजा महेन्द्रले नेपाल ल्याए। हामीलाई बालकृष्ण सम मनपर्दैन, किनकि उनी कुलीन राणाको घरमा जन्मिए।

आज मर्स्याङ्दी नदी सुसाइरहेछ

कविवर घिमिरेको ‘गौरी’, ‘राजेश्वरी’, ‘राष्ट्रमाता’, ‘अश्वत्थामा’जस्ता कृति नेपाली पाठकले बिर्सनै नसक्ने छन्। नेपाली कथानक चलचित्र ‘मनको बाँध’का निम्ति गायिका तारादेवीले गाएको गीत ‘फूलको थुंगा बहेर गयो गंगाको पानीमा’ एक अजरअमर गीत मानिन्छ, प्रकाश थापाद्वारा निर्देशित ‘मनको बाँध’पछि उनले कुनै नेपाली चलचित्रमा गीत लेखेनन्।

बायोपिक सिनेमामा मायोपिक समस्या

नेपालमा बायोपिक बन्नुपर्ने मान्छेहरू बिपी कोइराला, नारायणगोपाल, पारिजात, मेलवादेवी, सहिद गंगालाल, भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापा, झलकमान गन्धर्व, मित्रसेन थापा मगर, तारादेवी, अरुणा लामा, अरुण थापा वा श्याम थापा हुन्, यिनका बायोपिक कहिले बन्लान् ?

एक सरदार जो गीतकार थिए, गीतकार नै रहे

उनी कुनै समय दार्जिलिङको डाँडामा पुगे। त्यही डाँडाको पहाडी मन्दिर महांकाल थानमा उनले काठमाडौंबाट गएका नारायणगोपाल र दार्जिलिङमा जन्मेका गोपाल योञ्जनलाई मकलमा आगो बालेर मीत लगाइदिए, इतिहास बन्यो त्यो।

उपाधि कति औपचारिक कति अनौपचारिक ?

गायक नारायणगोपाललाई २०४५ सालमा देशान्तर साप्ताहिक पत्रिकामार्फत त्यसै पत्रिकाका सम्पादक शिव अधिकारीले ‘भन्न हुने भए यिनलाई म स्वर सम्राट भन्थेँ’ भनेर लेख लेखेपछि जनस्तरमा यो उपाधि चर्चाको घेराभन्दा माथि आयो। स्वयं नारायणगोपालले यो उपाधिलाई आपत्तिजनक मानेर लेखक अधिकारीलाई भने, ‘म आफैँ राजा, महाराजा, सम्राट नमान्ने मान्छेलाई कहाँ यो अनावश्यक पद्वी दिइराखेको भाइ ?’

सेलिब्रेटीका आत्महत्या र ‘सुसाइड नोट’

आत्महत्या गर्नुअघि सुशान्तसिंह राजपुत नलेखेको ‘सुसाइड नोट’ धेरैले खोजेर हेरे, त्यहाँ एउटै कुरा फेला प-यो– बलिउडको नेपोटिजम्।

नवराजकोे सपना

नवराज हुँ म, कुनै सपनाको राजकुमार होइन कुनै दन्त्यकथाको पात्र होइन न त म कुनै लावण्य देशको राजा हुँ म त एउटा प्रेमको सारथि, प्रेम पाउने लोभमा सहिद बनेको एक प्रेमी...

नाटकमा गीत

सन्दर्भ ३० को दशक। जतिवेला नेपालमा सिनेमा कम र नाटक धेरै हुन्थे, तर अधिकांश नाटकमा सिनेमाजस्तै गीत, द्वन्द्व र कथा हुन्थे।

कविताः सपनाको तस्बिर

झोलामा बोकेर आएका थिए उनीहरूले आफ्नो आँखाको तस्बिर। दरबार पस्नुअगि नै झोला खोसियो द्वारमै। के के थिए झोलामा के के हराए झोलाबाट उनीहरू आफैँ अलमलिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्