एक पटक मौका दिनुहोस्, काम गरेर देखाउँछु
आफ्ना एजेण्डालाई अनुमोदन गराउने दौडमा रहेका नेता कार्यकर्ताको साथ खोज्दै नागरिकको घरमा पुगेर हात जोडिरहेका छन् ।

आफ्ना एजेण्डालाई अनुमोदन गराउने दौडमा रहेका नेता कार्यकर्ताको साथ खोज्दै नागरिकको घरमा पुगेर हात जोडिरहेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय सहमतिका आधारमा संविधान संसोधन हुने बताएका छन्।
कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङलाई कार्कीले शनिबार राजीनामा पत्र बुझाएका हुन् ।
भारतीय नेपालीको मार्मिक संघर्षस्थल नै मानिन्छ, दार्जिलिङ। पश्चिम बंगालको सानो पहाडी राज्य दार्जिलिङ, जो लामो समयदेखि नेपाली भाषालाई भारतको आठौँ अनुसूचीमा अन्तर्भुक्त गर्न जुन लडाइँ लडिरहेको थियो, त्यसमा कैँयौको हार कैँयौको जित भयो नै, दार्जिलिङको आफ्नो लडाइँमा अहिलेसम्म नेपालीको हार नै भएको छ, गोर्खाल्यान्डको मागमा।
उनी सच्चा अर्थमा नेपाली संगीत जगत्का जिउँदो स्रष्टा थिए। यस्ता जिउँदो स्रष्टा जसले कहिल्यै ‘सरकारले मलाई हेरेन, सरकारले मलाई केही दिएन’ भनेर गुनासो गरेनन्। उनले दिन मात्र जानेका रहेछन्, लिन जानेका रहेनछन्।
पेमाला गुरुवाचार्यले लेखेकी छन्, ‘नारायणगोपालको स्वरको, आवाजको, गलाको आफ्नै अद्वितीय भाषा छ, आफ्नै ओज छ। सम्भवतः यसै कारण स्वरका ज्ञाताहरू, स्वरका मर्मज्ञहरू यो आवाजलाई, स्वरलाई कालजयी स्वर भन्ने गर्छन्।’
नोबेल पुरस्कारबारे आफ्नो असहमति जाहेर गर्दै धेरैपटक अर्जेन्टाइन लेखक हार्खे लुई बोर्खेसले भनेका छन्, ‘किताबको खोल हेरेर दिइने यो पुरस्कार बाँडिने मौसम मलाई अलि चिसो चिसो लाग्छ।’
विश्व संगीत भारती निकेतनको अध्ययनपछि शान्तिको गायकीमा गमक, माधुर्य र लयकारी शैलीले नयाँ भाव आइसकेको थियो। भन्नेहरूले उनको स्वरका बारेमा अझै थप यसो पनि भन्छन्, ‘कलकत्तामा गएर सिकेपछि दिदीको स्वर अलि धेरै बिग्रियो, पहिले त अझ कस्तो राम्रो थियो।’
भनिन्छ, हाज्रासित छुटेका बेला भर्खर साहिरको अमृतासित प्रेम सुरु मात्र भएको थियो। यसपछि उनले लेखेको नज्म चर्चामा आयो, जुन पछि चलचित्र गुमराह (१९६३) मा प्रयोग गरिएको थियो– ‘चलो एक बार फिर से अजनबी बन जाएँ हम दोनों।’
हामीलाई महाकवि देवकोटा मनपर्दैन, उनले शिक्षामन्त्री हुँदा मातृभाषामा पढ्न पाउने अधिकारबाट सम्पूर्ण अन्य भाषाभाषीलाई कुठाराघात गरे। कविशिरोमणि लेखनाथ मनपर्दैन, उनले राणा र राजाको गुणगानमा भनेर राणाका लागि ‘पिँजडाको सुगा’ लेखे। अम्बर गुरुङ मनपरेन, उनलाई राजा महेन्द्रले नेपाल ल्याए। हामीलाई बालकृष्ण सम मनपर्दैन, किनकि उनी कुलीन राणाको घरमा जन्मिए।
कविवर घिमिरेको ‘गौरी’, ‘राजेश्वरी’, ‘राष्ट्रमाता’, ‘अश्वत्थामा’जस्ता कृति नेपाली पाठकले बिर्सनै नसक्ने छन्। नेपाली कथानक चलचित्र ‘मनको बाँध’का निम्ति गायिका तारादेवीले गाएको गीत ‘फूलको थुंगा बहेर गयो गंगाको पानीमा’ एक अजरअमर गीत मानिन्छ, प्रकाश थापाद्वारा निर्देशित ‘मनको बाँध’पछि उनले कुनै नेपाली चलचित्रमा गीत लेखेनन्।
नेपालमा बायोपिक बन्नुपर्ने मान्छेहरू बिपी कोइराला, नारायणगोपाल, पारिजात, मेलवादेवी, सहिद गंगालाल, भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापा, झलकमान गन्धर्व, मित्रसेन थापा मगर, तारादेवी, अरुणा लामा, अरुण थापा वा श्याम थापा हुन्, यिनका बायोपिक कहिले बन्लान् ?
उनी कुनै समय दार्जिलिङको डाँडामा पुगे। त्यही डाँडाको पहाडी मन्दिर महांकाल थानमा उनले काठमाडौंबाट गएका नारायणगोपाल र दार्जिलिङमा जन्मेका गोपाल योञ्जनलाई मकलमा आगो बालेर मीत लगाइदिए, इतिहास बन्यो त्यो।
गायक नारायणगोपाललाई २०४५ सालमा देशान्तर साप्ताहिक पत्रिकामार्फत त्यसै पत्रिकाका सम्पादक शिव अधिकारीले ‘भन्न हुने भए यिनलाई म स्वर सम्राट भन्थेँ’ भनेर लेख लेखेपछि जनस्तरमा यो उपाधि चर्चाको घेराभन्दा माथि आयो। स्वयं नारायणगोपालले यो उपाधिलाई आपत्तिजनक मानेर लेखक अधिकारीलाई भने, ‘म आफैँ राजा, महाराजा, सम्राट नमान्ने मान्छेलाई कहाँ यो अनावश्यक पद्वी दिइराखेको भाइ ?’
आत्महत्या गर्नुअघि सुशान्तसिंह राजपुत नलेखेको ‘सुसाइड नोट’ धेरैले खोजेर हेरे, त्यहाँ एउटै कुरा फेला प-यो– बलिउडको नेपोटिजम्।
