१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पुरस्कार बहिष्कारको अर्थ

‘यो पुरस्कार पाएर मैले आफूलाई झन् जिम्मेवार महसुस गरेको छु। मलाई ठूलो भार थपिएको छ, म अझै राम्रो कृति लेख्नेछु...।’

कुनै पुरस्कृत लेखकले पुरस्कार पछि बोलेको सारगर्भित मन्तव्यबीचको अंश हो यो। त्यसपछि ताली बज्छ, दर्शक, निर्णायक र उनका स्वजन भावुक हुन्छन्।  

त्यो समयको अत्यन्त ठूलो त्यो संवाद त्यसपछि हावा फुस्केको बेलुनजस्तै हुन्छ।  

त्यसपछि त्यो लेखकको कुनै कृति वा कविता चर्चामा आउँदैन, उनी लगभग त्यो पुरस्कारको लेबल बोकेर बाँँच्छन् तर कसैले उनको अर्को कृति खोजेर पढेको बिरलै पाइन्छ।  

यस्तो घटना नेपाली साहित्यमा धेरै घटेका छन्, दोहोरिएका छन्। विशेषतः ठूला धनराशिका पुरस्कार पाएका कृतिका लेखक त्यसरी नै पछि ओझेल परेका छन्।

पुरस्कारले महत्वपूर्ण अर्थ र औकात राख्ने नेपाली साहित्य समाजमा पुरस्कार निम्ति दौडधूप चलिरहेकै हुन्छ। दौड त पहिले र अहिले पनि छ, तर धूप बाल्ने कामचाहिँ आजकाल लेखकतर्फबाट भन्दा प्रकाशक तर्फबाट बढ्न थालेको छ। पुरस्कारको स्वरूप र राशि (भित्रको फल) पनि बढेपछि आजकाल निःसन्देह यसले झन् धेरै ठूलो आयतन ओगटन थालेको छ।  

पुरस्कारको घोषणा सुन्नेबित्तिकै प्रकाशकले लेखकलाई यसरी उभ्याउँछ, मानौँ लेखक सडक बालबालिका हो र प्रकाशक उनीहरूका लागि माग्नेको ठेकेदार।  

पुरस्कार पाउनु, पुरस्कार पाउनअघि नै प्रकाशकले अस्वाभाविक शैलीमा पुस्तकको प्रचार, प्रवद्र्धन र कार्टेलिङ गरिनु आजको साहित्यिक धर्म भएको छ। ‘किचेन केमेस्ट्री’भित्र परेका दैनिक अखबारका समीक्षकलाई हप्ताबन्दी दिएर पुस्तक समीक्षाको वर्क–फ्लो देखाइरहनुले पुरस्कारदाताप्रति दबाब, प्रभाव अनि स्वभाव स्वतः देखिन्छ।

हरेक प्रकाशक, जो आफूलाई राम्रो प्रकाशक भन्न रुचाउँछ वा हुँ भनेर पहिचान राख्छ, पुरस्कार पाउनका निम्ति लेखकको कृति छाप्न हौसिन्छन्, यिनको वर्षभरिको धन्दा नै यही हुन्छ, लेखकलाई घोडदौडमा सामेल गराउने। जसरी अभिभावकले आफ्ना बच्चालाई कन्भेन्ट स्कुल भर्ना गराउन कुस्ती खेल्ने गर्छन्, यो यहाँ पनि छ र त्यहाँ पनि छ।  

सन् १९८२ मा जब कोलम्बियाका उपन्यासकार ग्राबिएल गासिया मार्खेजलाई ‘एकान्तको सय वर्ष’ (हन्ड्रेड इयर्स अफ सोलिच्युड) मा नोबेल पुरस्कार दिइयो, त्यसपछि उनले गम्भीर भएर भनेका थिए, ‘युरोप बाहिरका देशले सायद गम्भीर भएर पहिलोपटक ल्याटिन अमेरिकी उपन्यासको ऊर्जा र शक्तिसित परिचित हुन थाले।’  

नोबेल पुरस्कारबारे आफ्नो असहमति जाहेर गर्दै धेरैपटक अर्जेन्टाइन लेखक हार्खे लुई बोर्खेसले भनेका छन्, ‘किताबको खोल हेरेर दिइने यो पुरस्कार बाँडिने मौसम मलाई अलि चिसो चिसो लाग्छ।’

नोबेल पुरस्कार दिने रोयल स्विडिस एकेडेमीलाई ल्याटिनी अमेरिकी र पूर्वयुरोपिय देशलाई सार्थक साहित्यिक नजर दिने मौका यसपछि मिल्यो होला, तर मार्खेजकै भाषामा उनी यसअघि जति आफ्नो मुलुकमा पढिन्थे, त्यसभन्दा बढी बाहिर पढिन थाले। उनलाई आफ्नै मुलुकमा चिन्नेको संख्या कम हुन थाल्यो।  

यो उनको मात्र होइन, हरेक नोबेल पुरस्कार विजेता लेखकको विडम्बना हो। कैयौँ लेखकले पुरस्कार पाइसकेपछि यसो पनि भनेका छन्, ‘यो पुरस्कार पाउँला भनेर मैले सोचेको पनि थिइनँ।’  

केही लेखकले पुरस्कार नपाएपछि यसो पनि भन्छन्, ‘मैले पुरस्कार पाउँला भनेर पुस्तकलाई लाममा लगाएको होइन, यो त मेरो प्रकाशकको रुचिले आवेदन हालेका हुन्।’  

निक्र्योलमा के देखिन्छ भने लेखकको राजी स्वीकृति नभई कुनै प्रकाशकले लेखकलाई रेस कोर्समा दौडाउन सक्दैन। हाम्रै नेपाली साहित्य समाजमा ‘आमाको सपना’ कविता संग्रह गोपालप्रसाद रिमालको स्वीकृतिमा अन्य दुई लेखक (शंकर लामिछाने र तारानाथ शर्मा) ले कीर्ते सही गरी पुरस्कारका निम्ति दाबी गरेका थिए र सो कृतिले पुरस्कार पायो तर रिमालले सो पुरस्कार पाउँदा आफ्नो खुसी वा आश्चर्य पनि व्यक्त गर्न पाएनन्।  

पारिजातले ‘शिरीषको फूल’का लागि मदन पुस्कार पाएपछि खुसी व्यक्त गर्नुको बदला आश्चर्य व्यक्त गर्दै भनेकी थिइन्, ‘पुरस्कार पाउँछु भनेर मलाई थाह थिएन, त्यो शंकरदाइले लगेर लाममा लगाइदिनुभएको हो, मलाई त प्रोसेस पनि थाहा थिएन।’  

पारिजातलाई पहिलोपटक उपन्यासका निम्ति मदन पुरस्कार मिलेको यो घटना नेपाली साहित्यका निम्ति नै एउटा पोलाइट भर्सन थियो वा सन्दर्भतः महिला साहित्यकारका निम्ति स्वागतको तयारी थियो। यद्यपि नेपाली साहित्यमा लामो समयदेखि सक्रिय माया ठकुरी, वानिरा गिरी, पद्मावती सिंह, विन्द्या सुब्बा, कुन्दन शर्मा, अनिता तुलाधर, तोया गुरुङ आदिका निम्ति त्यो बेला यो एक यादगार छनक थियो र भयो पनि। तर, पारिजातपछि झमक घिमिरेले यो पुरस्कार पाउँदा समय निकै बदलिसकेको थियो, पुरस्कार लेखकका निम्ति भन्दा प्रकाशकका निम्ति अहंको विषय बनिसकेको थियो।  

इतिहासलाई मूल्यांकन गरेर हेर्ने हो भने लेखक वा स्रष्टाले कहिलेकाहीँ पाउनैपर्ने विषय वा समयमा पुरस्कार पाएको हुँदैन, तर पछि त्यसको सन्दर्भ भ्रमपूर्वक दोहोरिरहन्छ।  

जसरी गोपालप्रसाद रिमालले ‘आमाको सपना’का निम्ति मदन पुरस्कार पाउँदा यो पुस्तक छापिएको थिएन, यसको पाण्डुलिपि मात्र बुझाइएको थियो। पुरस्कार पाएको खबर उनका सामु आउँदा उनी त्यो खुसीलाई बुझ्न सक्ने अवस्थाबाट बाहिर भइसकेका थिए।  

रिमालले मदन पुरस्कार पाउँदा जेजस्तो अवस्था थियो, भारतका प्रसिद्ध फिल्म निर्देशक सत्यजित रेले ओस्कार पुरस्कार पाउँदा त्यस्तै अवस्थामा उनी थिए। चलचित्र जगत्मा दिइने विश्वस्तरीय पुरस्कार ओस्कार फिल्म निर्देशक सत्यजित रेलाई कोलकत्ताको अस्पतालमा उपचार गराइरहँदा दिइएको थियो।  

भारतीय सिने उद्योगमा विशेषतः बाँग्लाभाषी सिनेमामार्फत अतुलनीय योगदान पु¥याउने रेले चलचित्रबाट पैसाभन्दा पुरस्कार बढी आर्जन गरे, आफ्नो पहिलो फिल्म ‘पाथेर पाञ्चाली’देखि पुरस्कारको थाक लगाउन सुरु गरेका रेलाई अमेरिकाको ओस्कारले दयादृष्टि दिएको थिएन। पछि उनलाई सिनेमामा विशिष्ट योगदान पु¥याएबापत ‘एकेडेमी अफ मोसन पिक्चर एसोसिएसन’ले उनको हातमा ओस्कारको प्रतिमा त्यो बेला थम्यायो, जुनबेला उनलाई सुई दिइएको हो कि औषधि भन्ने ज्ञान थिएन। त्यतिबेला ९० वर्ष कटेका रेले जीवनको अन्तिम सास फेर्दै थिए।  

रे भारतमा ओस्कार पाउने दोस्रो नागरिक थिए, भानु अथैयापछि। अथैयाले बेलायतबाट बनेको गान्धी फिल्मका निम्ति ओस्कार (प्रतियोगी) पाएकी थिइन् भने रेले ओस्कारको लाइफटाइम अचिभमेन्ट पाएका थिए।

डा. हरिवंश राय बच्चनले पद्मश्री दिइँदा स्पष्ट शब्दमा अस्वीकार गर्दै आयोजकलाई यस्तो खबर पठाए, ‘योगदानको हिसाबले यो पुरस्कार मेरो छोराले पाउने बेला भइसक्यो। मेरा निम्ति पद्मश्री स्वीकार्ने बेला होइन। यसमा अरु केही निर्णयात्मक विचार हुन्छ भने म त्यसमा सकारात्मक पक्षमा छु।’  

७१ वर्षको उमेरमा ओस्कार पाएका रेले त्यतिबेला कुनै फिल्म बनाइरहेका थिएनन्, बल्की उनी २८ वटा कथानक फिल्म र केही वृत्तचित्र बनाएर सुस्ताइरहेका थिए, उनको जीवनको अन्तिम घाम ढाडमा सेलाइरहेको थियो, उनी पाइपमा सास फेर्दै थिए। सम्मानित ओस्कार पाएको अर्को महिना सन् १९९२ को अप्रिल २३ मा उनले देह त्याग गरे।  

उनका निम्ति ओस्कार मृत्युको सन्देशजस्तो मात्र भयो। उनी रहेनन् तर उनले जीवनको अन्त बेला भारत देशभित्र एउटा ओस्कारको मोनुमेन्ट भिœयाएर गए।  

भारत सरकारले उनको निधन भएको पाँच वर्ष नौ महिनापछि अनौठो किसिमले मृत्युपरान्त भारत रत्न सम्मान दिएर गर्व ग¥यो। ओस्कार पुरस्कार समितिभन्दा ढिलो गरी भारत सरकार जागेकामा बंगालवासी आश्चर्यचकित भए नै, सिनेकर्मीहरूमा एक प्रकारको वर्गीकरण देखियो।  

पुरस्कारका यस्ता धेरै प्रिय–अप्रिय कथामध्ये सन् १९८४ मा नोबेल पुरस्कार पाउने यारोस्लाभ सेइफर्टको कथा झनै कारुणिक छ। कविताका निम्ति नोबेल पुरस्कार पाउने पहिलो चेक नागरिक थिए, सेइफर्ट। उनको समग्र कविताको एक अंशमा ‘म निद्राबाट ब्युँझेपछि’ भन्ने अंश बारम्बार आइरन्छ।  

नोबेल पुरस्कार उनका निम्ति साँच्चै निद्रापछिको सपनाजस्तै भएको थियो।

कथामध्ये कविताका निम्ति नोबेल पुरस्कार पाउने चेक नागरिक कवि सेइफर्टको कथा अझै दुःखदायी छ।  

रोयल स्विडिस एकेडेमीले चेक कवि सेइफर्टलाई कविताका निम्ति नोबेल पुरस्कार घोषणा गर्दा उनी प्रागको एउटा अस्पतालमा हृदय रोगको उपचार गराउँदै थिए, पुरस्कृत भएको खबर उनले सहज भावले सुने। तत्कालीन चेकोस्लाभाकियाको राजधानी प्रागस्थित स्विडेन दूतावासका जुन अधिकारीले उनलाई यो सूचना दिए, उनले भने अनुसार, पहिले त सेइफेर्टले केही बुझेनन्। उनी धेरै वृद्ध भइसकेका थिए र उनलाई कुनै कुरामा आश्चर्य हुने कुरै भएन। तर उनले थाहै नपाईकन प्रशन्नता व्यक्त गरे।  

८३ वर्षको उमेरमा अस्वस्थताको असहज परिस्थितिमा नोबेल पुरस्कार पाउने पहिलो चेक कवि थिए। रोयल स्विडिस एकेडेमीले यो पुरस्कार यस्तो कविताका लागि दिएको थियो, जुन कविता ताजगी, ऐन्द्रिकता र समृद्ध अन्वेषणपरकताले भरपूर छ र मनुष्यको अदम्य चेतनाको मुक्तिदायी छविलाई सफासित प्रस्तुत गर्दथ्यो।  

नोबेल पुरस्कारको यो महŒव अझै कायम छ, कतिपटक यसका माध्यमबाट अल्पज्ञात या अज्ञात साहित्यकार संसारको उज्यालोमा देखापर्छन्, साहित्य र यसको विशाल प्रांगणमा मतियारी बन्न पुग्छन्। सेइफर्ट त्यस अर्थमा एक उदाहरणीय पात्र हुन पुगे।

उनले नोबेल पुरस्कार पाउँदा नेपालमा यसको खबर कवि शैलेन्द्र साकारले अनुवाद गरेको उनको आँसु कवितामार्फत गोरखापत्रको शनिबारीयबाट थाह हुन आएको हो। यो नै नेपालसँग उनको पहिलो परिचय थियो सायद।  

सन् १९०१ मा जन्मेका सेइफर्ट ती कविहरूमा हुन्, जो आफ्नो कविताको लागि मात्र होइन, कवि कर्मका लागि पनि लोकप्रिय थिए। सामाजिक भूमिकाका कारण उनी चेकोस्लाभाकियामा एक ठूला सर्वहारा कवि मानिन्थे। त्यति बेला यस्ता कविहरूको अस्तित्व मेटिँदै गएको थियो, जो राम्रो र खराब समयका दुवै पिँढीका कविसित जोडिँदै आएका थिए।  

पुरस्कारकै सन्दर्भमा हलिउडका प्रसिद्ध अभिनेता मार्लन ब्रान्डोले ‘द गड फादर’का निम्ति आफूलाई दिइएको ओस्कार पुरस्कार यस अर्थमा अस्वीकार गरे, हलिउडले रेड इन्डियनलाई पर्दामा खलनायकका रूपमा प्रस्तुत गरिरहेकामा आफू सदैव असन्तुष्ट रहेको जनाउँदै पत्रसहित उनले समारोह स्थलमा मञ्चमा रेड इन्डियन महिलालाई पठाए।  

सेइफर्टका लागि नोबेल पुरस्कार घोषणा हुँदा उनका निकटवर्ती मित्रहरू आश्चर्यचकित भएका थिए, किनकि कैयौँ वर्षदेखि उनी सार्वजनिक जीवनबाट टाढा एकान्तवासमा थिए। चेकोस्लाभाकियाका कम्युनिस्ट पार्टीको आँखामा उनी कसिंगर त साबित भइसकेका थिए, सन् १९६८ मा चेकोस्लाभाकियामा सोभियत ट्यांकको प्रवेशको विरोध गरेबापत उनले लेखक संघको अध्यक्ष पदबाट निष्काशित हुनुपरेको थियो। दुब्चेकको छोटो समयको उदारवादी शासनकालमा कट्टर नीतिको सिकार भएर लेखकहरू पुनर्वास हुनुपरेका बेला त्यस आन्दोलनमा उनले भाग मात्र लिएनन्, सन् १९७७ को मानवअधिकार मागपत्रमा हस्ताक्षर गर्नेमा उनी अग्रपंक्तिमा थिए।  

नोबेल पुरस्कार पाउनुअघि सेइफर्ट चेकोस्लाभाकिया बाहिर कमै चिनिन्थे, यसको कारण एउटै थियो, उनी आफ्नो मुलुकमा सच्चा कविका रूपमा उनको प्रतिबद्धता थियो।  

सन् १९२२ मा कम्युनिस्ट पार्टीको अखबार ‘रुदे प्राभ्दा’का सम्पादक भइसकेका सेइफर्टले सांस्कृतिक नीतिबाट असन्तुष्ट भई पार्टी छोडेका थिए तर उनको वैचारिक प्रतिबद्धता कायम थियो। समाजवादी इतिहासको एउटा विडम्बना यही छ कि जुन लेखक कलाकारले समाज परिवर्तनका निम्ति जिउज्यान दिएका हुन्छन्, पछि धेरैजसोको न्यूनाधिक रूपमा मोहभंग भएर जान्छ। यही परिस्थितिमा रहेका सेइफर्टले आफ्ना समकालीन कवि वितेस्लाव नेज्वालको जादुयी विम्ब, फ्यान्टासी र स्वप्नको विचित्र संसार तोडेर अघि बढेका थिए। सेइफर्टले जुन बेला लेख्न सुरु गरे, त्यतिबेला फ्रान्समा कविताको वसन्त चल्दै थियो, फ्रान्सको कला कविता आन्दोलन र दादाइजम्को मधुर ध्वनिले उनको कवितामा नयाँ मनुष्यको आकार ग्रहण गर्न थालिसकेको थियो।  

सेइफर्ट र उनको पिँढीका अनेक कवि भ्लादिमिर होलान, मिरोस्लाब होलुब, वितेस्लाभ नेज्वाल सबै त्यति बेलाको शासन पद्धतिको विरोधमै लेख्थे, त्यस्तो अवस्थामा पनि नोबेल पुरस्कार कमिटीको ल्याटिनी अमेरिकी र पूर्वयुरोपियन साहित्यप्रति दृष्टि जानु एक सुखद सन्देश थियो। तर सेइफर्टका निम्ति नोबेल पुरस्कार पाएको समाचार चाहिँ अचेतनाको सन्देश मात्र हुन पुग्यो।  

पश्चिमी बौद्धिक संसारमा पनि पुरस्कार दिने सन्दर्भमा राजनीतिक रुझान, कम्युनिजम्को मुख मिठ्याउने र तथाकथित मुक्त मानिने, खुला समाजका पक्षधर र राजनीतिक रूपले आफ्नो देशबाट निर्वासित नभएका स्रष्टालाई विशेष निगाहपूर्वक हेरिन्थ्यो। 

सेइफर्टले नोबेल पुरस्कार पाएको समय स्पेनी कवि अक्टोबियो पज पनि चर्चामा थिए। ल्याटिनी अमेरिकी साहित्यकार र तिनको सिर्जनाको ठूलो शक्ति थियो, स्थानीयता।  

ल्याटिनी अमेरिकी कविहरूमा पाब्लो नेरुदा, राफाएल आल्बेर्ती र अर्नेस्टो कार्दिनाल, ग्राबिएल गार्सिया मार्खेज जस्ता स्रष्टाको बलियो पकड थियो। तर पछि एक समय स्पेनका दुई स्रष्टा उपन्यासकार कामिलो खोसे सेला र अर्को वर्ष अक्टोभियो पजलाई सँगसँगै नोबेल पुरस्कार मिल्यो। नोबेल पुरस्कारको इतिहासमा यो पहिलो घटना हो, निरन्तर दुई वर्ष ल्याटिनी अमेरिकी देश र स्पेनी भाषालाई यो गौरव मिलेको।  

यसलाई धेरै पछिसम्म राजनीतिक रूपले पनि हेरियो। पजको कवि व्यक्तित्वको अर्को प्रभावकारी पक्ष राजनीतिक छविले पनि यसमा गहिरो प्रभाव पा¥यो। विभिन्न मुलुकमा राजदूत भएर जीवन बिताइसकेका पजलाई सेलालाई पुरस्कार दिइएको पछिल्लो साल यो सौभाग्य जुटेको थियो। नोबेल पुरस्कारबारे आफ्नो असहमति जाहेर गर्दै धेरैपटक अर्जेन्टाइन लेखक हार्खे लुई बोर्खेसले भनेका छन्, ‘किताबको खोल हेरेर दिइने यो पुरस्कार बाँडिने मौसम मलाई अलि चिसो चिसो लाग्छ।’  

दी इकोनोमिस्टका अनुसार नोबेल पुरस्कारका निम्ति उनी सबैभन्दा धेरैपटक मनोनयनमा परेका थिए, तर उनी हरेकपटक फ्याँकिए। उनका प्रतिस्पर्धी ज्याँ पाल सात्र्रले नोबेल पुरस्कार अस्वीकार गरेको साल पनि उनी घोडदौडमा थिए। धेरै साहित्यिक पण्डितका भनाइमा उनको ढुलमूल राजनीतिक नीतिका कारण उनी फ्याँकिएको पनि दाबी गरिएको छ।  

सात्र्र महोदयले ओस्कारलाई ‘आलुको बोरा बराबर’ भनेजस्तै यसपालि सन् २०२० को नोबेल पुरस्कार पाउने अमेरिकी कवि लुई ग्लकले पुरस्कार पाएलगत्तै नोबेल पुरस्कार कमिटीलाई दिएको टेलिफोन अन्तर्वार्तामा भनेकी छिन्, ‘मलाई वास्तवमा नोबेल पुरस्कारको अर्थ के हो थाहा छैन।’

राजनीति वा यसको निजी सन्दर्भ छाडेर हेर्ने हो भने पनि नोबेल पुरस्कार वा त्यसका समदूरीमा रहेका अन्य पुरस्कारमा समेत विवाद र बहसका चर्चा नभएका होइनन्।  

उनलाई यो खुसीको खबर सेयर गर्दै कमिटीका सदस्यले सोधेका थिए, तपाईंलाई एउटा प्रश्न सोध्न सक्छु, नोबेल पुरस्कार तपाईंका निम्ति के हो ?  

नोबेल पुरस्कार पाउने छैँटौँ महिलाका रूपमा चिनिएकी ग्लकले गम्भीर हुँदै थपिन्, ‘तर व्यावहारिक रूपमा भन्ने हो भने म एउटा अर्को घर किन्न चाहन्छु सुविधाका लागि।’  

उनको जवाफले आयोजक कमिटीका प्रश्नकर्ता मजाले हाँसे तर सम्भवतः यो अमेरिकाका निम्ति यसपालि खुसीको सन्देश नै हुनुपर्छ। यसअघि सन् १९१८ मा अमेरिकाबाट नोबेल पुरस्कार पाउने कवि टिएस इलियट धेरै समयदेखि बेलायत बस्दै आएका थिए। सन् २०१२ मा नोबेल पुरस्कार पाउने कवि गायक बब डायलनलाई अमेरिकी साहित्यकारले कवि मानेका छैनन् र खुसी पनि मानेनन्।  

डायलनलाई नोबेल दिइँदा उनी स्वयंले समेत खुसी व्यक्त गर्न महिनौँ लगाए।  

स्वीकृति वा सकारात्मक सन्देश नपाएका कारण पनि पछि स्विडिस राजपरिवारका तर्फबाट उनलाई व्यक्तिगत रूपमा पुरस्कार लिन आउन निवेदन गर्नुपरेको थियो।

पश्चिमी बौद्धिक संसारमा पनि पुरस्कार दिने सन्दर्भमा राजनीतिक रुझान, कम्युनिजम्को मुख मिठ्याउने र तथाकथित मुक्त मानिने, खुला समाजका पक्षधर र राजनीतिक रूपले आफ्नो देशबाट निर्वासित नभएका स्रष्टालाई विशेष निगाहपूर्वक हेरिन्थ्यो।  

केही वर्षपहिले रुसी उपन्यासकार सोल्झेनित्सिन र १९८० मा बेलायतमा रहँदै आएका पोल्यान्डका कवि चेस्वाव मिवोशलाई यो पुस्कार दिइँदा पश्चिमी प्रेसले यसलाई समाजवादमाथि साहित्यको विजय भनेर करार गरे। जुन समय पोल्यान्डमा ज्विग्नेयु हेरर्बेर्त र तदेउस रुजेविचजस्ता लेखक थाती नै थिए।  

बुकर प्राइजसँग असन्तुष्ट इयान म्याक्इवान नेपालसित परिचित लेखक पनि हुन्, उनले नेपालकै एभरेस्ट होटलसित नाम जोडेर लेखेको उपन्यास पनि लामो समय चर्चामा रह्यो। सन् १९९८ मा उनी आमस्टाडार्मका लागि पुरस्कृत पनि भए। 

सेइफर्टलाई कविताका निम्ति नोबेल पुरस्कार दिइँदा पनि चेकोस्लोभाकियाका मिलान कुँदेराको नाउँ विवादमा ल्याइएको थियो।  

पुरस्कारमा हुने विवादमा र बहिष्कारको अर्थमा सदैव चर्चामा आउने फ्रान्सका लेखक ज्याँ पाल सात्र्र सदैव अगाडि नै रहे, उनको महावाणी ‘अदर इज हेल’जस्तै।  

नोबेल पुरस्कार विश्वको एक उत्कृष्ट पुरस्कार भए पनि यसले हरेक विवादको सामना गरिरहनुपरेको सत्य हो। नोबेल पुरस्कारको प्रस्तावनामा ‘द मोस्ट आउटस्ट्यान्डिङ वर्क अफ एन आइडिलिस्टिक टेन्डेन्सी’ भनिए पनि सन् १९०२ मा थियोडेर मोमसेन, सन् १९२९ मा थोमस मान र सन् १९५४ मा अर्नेस्ट हेमिङ्वेलाई उनका कृतिका निम्ति पुरस्कार दिइएको थियो।  

यसअघि र पछि कृतिलाई पुरस्कार दिने परम्परा बन्द गरिएको छ। सन् १९७४ मा नोबेल पुरस्कारका दाबेदार मानिएका ग्राहम ग्रिन, भ्लादिमिर नोबाकोफ र सल बैलो सदैव पुरस्कारले भन्दा आफ्ना कृतिले नै चर्चामा आइरहे। यहाँसम्म कि नोबाकोफको लोलिता त कैयौँ वर्षसम्म नोबेल पुरस्कार विजयी कृति भनेर प्रकाशकले ट्याग लगाइरहे।  

सन् १९०१ मा हेनरिक इब्सेन, एमिल जोला र मार्क ट्वेनलाई फ्याँकेर नोबेल पुरस्कार पाउने पहिलो विजयी लेखक सुली प्रुधोमेलाई धेरैले आजसम्म चिनेकै छैनन्, तर नोबेल पुरस्कार पाउने पहिलो लेखक भनेर मात्रै उनी चिनिए।  

नोबेल पुरस्कारका निम्ति चयन हुँदा सात्र्रले त्यो पुरस्कारको तुलना आलुको बोरा बराबर भने पनि आफ्ना समकालीन लेखक अल्बेयर क्यामुभन्दा धेरै ढिलो दिइएकामा उनको बेग्लै आक्रोश थियो। जर्ज बर्नाड सा र बोरिस पास्तरनाकले फरक प्रसंगमा बहिष्कार गरे। नोबेल पुरस्कारजस्तै विवादमा आइरहने अर्को पुरस्कार बुकर प्राइजका बारेमा लेखक इयान मेक्इवानले भनेका छन्, ‘म्यानिपुलेसन (जालझेल) यसको नियति हो। हरेक वर्ष नोभेम्बर लाग्नुअघि नै जब बुकर पुरस्कारको घन्टी बज्न सुरु हुन्छ, त्यसपछि सुरु हुन्छ– खेस्रा निर्णय, पत्रकारको विषमन्दी। छनोटमा परेका लेखकलाई रेस कोर्सका घोडाजस्तै दौडाउन थालिन्छ, तुना बाँधेर। हरेक वर्ष अर्को एउटा अरुन्धती राय खोजिन्छ।’  

बुकर प्राइजसँग असन्तुष्ट इयान म्याक्इवान नेपालसित परिचित लेखक पनि हुन्, उनले नेपालकै एभरेस्ट होटलसित नाम जोडेर लेखेको उपन्यास पनि लामो समय चर्चामा रह्यो। सन् १९९८ मा उनी आमस्टाडार्मका लागि पुरस्कृत पनि भए। उनीभन्दा अगाडि फेमिस्ड रोडका निम्ति बेन ओक्री, द इंग्लिस पेसेन्टका निम्ति माइकल ओन्दात्जे, लाइफ एन्ड टाइम्स अफ माइकल केका निम्ति जे एम कोएत्जी र द गड अफ स्मल थिङका निम्ति अरुन्धती राय पनि नामांकित भएका थिए। यसमध्ये कोएत्जी नोबेल पुरस्कारसम्म पाउने भए।  

बुकर प्राइजमा म्याक्इवान छनोट भएको साल द न्युयोर्क टाइम्समा मिचिको काकुतानीले लेखेकी थिइन्, ‘म्याक्इवान पूरै आफ्नो शिल्पलाई नियन्त्रणमा राख्न सक्ने लेखक हुन्, तर बेलाबेला हुने सिक्काको टस खेलमा रमाइरहने र पुरस्कारको खेललाई एउटा रमिता मान्ने कारण उनको यात्रा अझै लामो होला भन्ने निश्चित छ।’  

मेक्इवानका समकालीन काजुओ इसिगुरो, नादिन गोर्डिमिर नोबेल परस्कारको संघारमा पसेर विजयी भइसके तर मेक्इवान अझै पछाडि नै छन्।  

भनिन्छ, टोल्स्टाय, दोस्तोभेन्स्की, हार्डी, जर्ज इलियट, हेनरी जेम्स, जेन अस्टेन, ट्रोलोप, चाल्र्स डिकेन्सलाई कुनै पुरस्कार समितिले कहिल्यै योग्य नसम्झे पनि के उनीहरूको पुस्तक बिक्न वा पढ्न छोडेका छन् त ?  

पुरस्कार जे जस्तो अर्थमा दिइए पनि बहिष्कार गर्ने प्रसंगमा ज्याँ पाल सात्र्र यसकारण चर्चामा आए कि उनले सदैव भने, ‘म आफ्नो नामका अगाडि वा पछाडि कुनै पुरस्कारको नाउँ जोड्न चाहन्नँ।’  

पुरस्कारकै सन्दर्भमा हलिउडका प्रसिद्ध अभिनेता मार्लन ब्रान्डोले ‘द गड फादर’का निम्ति आफूलाई दिइएको ओस्कार पुरस्कार यस अर्थमा अस्वीकार गरे, हलिउडले रेड इन्डियनलाई पर्दामा खलनायकका रूपमा प्रस्तुत गरिरहेकामा आफू सदैव असन्तुष्ट रहेको जनाउँदै पत्रसहित उनले समारोह स्थलमा मञ्चमा रेड इन्डियन महिलालाई पठाए।  

ब्रान्डोेले भन्दा पहिला यो पुरस्कार हलिउड अभिनेता जर्ज सी स्कटले पनि बिनासर्त बहिष्कार गरेका थिए।  

ओस्कार पुरस्कार कहिल्यै नस्विकार्ने एक अभिनेताले यहाँसम्म भने, ‘ओस्कार पाएर के हुन्छ र ? त्यहाँ मञ्चमा गएर एक मिनेट पनि बोल्न पाइँदैन।’  

नोबेल पुरस्कार, ओस्कार अवार्डको आफ्नै गरिमा र अस्तित्व भए पनि यो पुरस्कार दिनुअघि पाउने व्यक्तिसित सम्पर्क गरेर उनीसित स्वीकृति लिइएको हुँदैन, तर प्रतियोगी भईकन पनि कुनै पनि समय अन्तिम घडीमा यो पुरस्कार बहिष्कार गर्न सक्ने सम्भावना हुन जान्छ।  

ओस्कार पुरस्कार जस्तै भारतको एउटा महत्वपूर्ण पुरस्कार पद्मश्री पनि बेलाबेला अस्वीकार भएका सन्दर्भ छन्।  

हिन्दीभाषाका प्रसिद्ध कवि डा. हरिवंश राय बच्चनले पद्मश्री दिइँदा स्पष्ट शब्दमा अस्वीकार गर्दै आयोजकलाई यस्तो खबर पठाए, ‘योगदानको हिसाबले यो पुरस्कार मेरो छोराले पाउने बेला भइसक्यो। मेरा निम्ति पद्मश्री स्वीकार्ने बेला होइन। यसमा अरु केही निर्णयात्मक विचार हुन्छ भने म त्यसमा सकारात्मक पक्षमा छु।’  

संसारकै आँखा तानिने ओस्कार फिल्म पुरस्कारका बारेमा ओस्कार बहिष्कार गर्ने अभिनेता स्कटले यतिसम्म ताना कसे, ओस्कार भन्नेबित्तिकै मलाई बेट्टी डेविस र उनको आधा कफ कफी याद आउँछ। उनी यी दुई चिजका निम्ति सदैव चर्चामा रहने गर्छिन्।  

बच्चनको यो प्रतिउत्तर पाएपछि सम्बन्धित पक्षले उनलाई त्यही वर्ष पद्म विभूषण दियो भने पछि डा. बच्चनका छोरा अमिताभ बच्चनलाई अभिनयमा योगदान पु-याएबापत पद्मश्री दिइएको थियो।  

भारतकै एक प्रसिद्ध शास्त्रीय गायक बडालालाई पद्मश्रीका निम्ति स्वीकृति पत्र पठाउँदा उनले प्रतिउत्तर नै पठाएनन्। प्रतिउत्तर नपाएपछि अर्को वर्ष सरकारी पक्ष नै उनको निवासमा पद्म विभूषणका निम्ति आग्रह गर्न पुग्दा उनले स्वीकृति जाहेर गरे। अघिल्लो वर्षको पत्रको किन प्रतिउत्तर नपठाएको भनेर सोध्दा बडालाले आश्चर्य मान्दै भने, ‘तपाईंहरूले अघिल्लो वर्ष पठाएको पत्र मैले खोलेर हेर्न भ्याएकै छैन। के त्यो पत्र यही पुरस्कारकै बारेमा हो र ?’ बडाला साहबको निर्बोधपन देखेर पुरस्कारका निम्ति स्वीकृति लिन गएका सरकारी पक्ष अवाक् भए।  

भारतमा जनस्तरबाट दिइने निकै चर्चाको विषय मानिने फिल्मफेअर अवार्ड पैसा दिएर किनेको बलिउड अभिनेता ऋषि कपुरले आफ्नो आत्मकथामा गर्वका साथ उल्लेख गरेका छन्।  

बम्बई फिल्म उद्योगको अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय भएको फिल्म गाइडमा संगीतकार एसडी बर्मनले सर्वोत्कृष्ट संगीतकारको पुरस्कार आफ्ना प्रतिस्पर्धी शंकर जयकिशनका सामु हार्नुप¥यो तर पछि बर्मनले अभिमान फिल्मका निम्ति फिल्मफेअर अवार्ड पाएपछि उनलाई बधाई दिन गएका समकक्षी मित्रहरूलाई उनले यसो भनेर हिस्स बनाइदिए, ‘मैले यो फिल्मफेअर अवार्ड पाउन कति वर्ष फिल्मफेअर पत्रिका किनेको छु, कसलाई के थाह ?’  

ती महान् संगीतकार एसडी बर्मनको ‘गाइड’को संगीत विश्वका सय उत्कृष्ट सिनेमामध्ये एकमा परेको कुरा टाइम पत्रिकाले समेत उल्लेख गरेको थियो।  

फिल्का निम्ति दिइने सर्वप्रिय फिल्मफेअर अवार्ड नपाएपछि एकपटक संगीतकार मदन मोहनले यसो पनि भने, ‘के गालिबका निम्ति कुनै फिल्मफेअर अवार्ड दिइएको छ ?’  

यो एउटा प्रश्न होइन, पीडादायी व्यंग्य हो, जसका निम्ति कुनै पुरस्कारदाता वा कमिटीले आँखा खोल्न सकेन।  

संसारकै आँखा तानिने ओस्कार फिल्म पुरस्कारका बारेमा ओस्कार बहिष्कार गर्ने अभिनेता स्कटले यतिसम्म ताना कसे, ओस्कार भन्नेबित्तिकै मलाई बेट्टी डेविस र उनको आधा कफ कफी याद आउँछ। उनी यी दुई चिजका निम्ति सदैव चर्चामा रहने गर्छिन्।  

ओस्कार माथिको यो व्यंग्य एक अभिनेताले हारेर होइन, जितलाई अस्वीकार गर्दै दिएका हुन्। सायद उनको बहिष्कारको अर्थ केही होला, जुन अझै पनि ओस्कार अवार्ड कमिटीले सच्याउन सकेका छैनन्।  

पुरस्कार बहिष्कार गर्नुको अर्थ आफ्नो अहंभन्दा आफ्नो समयको सम्मान हो भन्दै लेखक सलमान रुस्दीले उनको प्रशंसा गरेका थिए। तर विश्वका धेरै चर्चित पुरस्कारलाई व्यंग्य गर्दै अदिल जुस्सावालाले आफ्नो एक लेखमा पुरस्कार समितिहरूलाई ‘अ फैलियर अफ जज्मेन्ट’ भनेका छन् भने उनले नोबेल पुरस्कार दिने चलनलाई समेत मेकिङ, जजिङ र फेकिङ भनेका छन्।

प्रकाशित: २४ आश्विन २०७७ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App