सन् २०२३ को तथ्यांकअनुसार भुटानको प्रतिव्यक्ति आय तीन हजार पाँच सय ४५ डलर रहेको छ भने यो देशले अहिले विश्वमा आफूलाई कार्बन उत्सर्जन नकारात्मक र कुल गार्हस्थ्य सुखीपन (ग्रस नेसनल ह्याप्पिनेस) भएको देशका रूपमा चिनाएको छ।
अहिले रुवान्डामा नियमको पालना नगर्ने परिकल्पना गर्न सकिँदैन। गाडी चालकले ट्राफिक नियम अक्षरशः पालना गर्नेदेखि मन्त्रीलगायत सबै जिम्मेवार निकायले आफ्नो जिम्मेवारीअनुसारको दायित्व निर्वाह गर्न सधैं प्रतिबद्ध भएको देखिन्छ। उनीहरूलाई कानुनप्रति पूरा भरोसा पनि छ र डर पनि देखिन्छ। सबै मानिस अनुशासित, कम बोल्ने र बढी औपचारिक छन्।
यो यही भाग्यमानी चौर हो, जहाँ बुवाका सन्तानहरूका विवाह व्रतबन्धजस्ता खुसीका कार्यक्रम भए । बुवाआमाको सहस्र चन्द्रदर्शन र बुवाको १०१ वर्षको जन्मोत्सव जस्तो पवित्र एवम् दिव्य धार्मिक कार्य भए ।