९ आश्विन २०८१ बुधबार
image/svg+xml

कोरोनाको सामना : हटेर होइन डटेर

‘संक्रमितको घर जानु हुन्न, संक्रमितको नजिक जान हुन्न, भेटेर बोल्न हुन्न’ भन्ने त्रास पनि छ। हाल संक्रमितले थलिएको अवस्थामा छरछिमेकको साथ पाउने अवस्था छैन, मृत्यु भएमा अहिले कसैले मलामी पाउनेवाला छैन।

उद्योगीलाई सुटुक्क खोप, स्थानीयले थाहा पाएपछि स्वास्थ्यकर्मी र उद्योगीको भागाभाग

प्रदेश १ का विपक्षी दलहरूले प्रदेश सरकारले पहुँचका आधारमा सुकुक्क आसेपासे र ठूला उद्योगी व्यवसायीलाई खोप दिएको आरोप लगाइरहेका बेला शुक्रबार विराटनगरस्थित सिटी सिनेमा हलमा खोप लगाउने गरेको पुष्टि भएको हो।

उदयपुरमा फेरि थपिए ७८ संक्रमित, जेठ २१ सम्म निषेधाज्ञा

जिल्लामा संक्रमितमध्ये १४ महिलासहित ३१ जना रहेका छन्। योसहित निको हुनेको संख्या उदयपुरमा २ सय ८ पुगेको छ। निको हुनेमा त्रियुगामा ३२ महिलासहित ९३ जना छन् भने चौदण्डीगढीमा २१ महिलासहित ४७ जना छन्।

प्रधानमन्त्रीको निर्देशनः जुनसुकै देशबाट भए पनि प्रभावकारी खोप ल्याऊ

प्रधानमन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिएका छन्।

कोभिड–१९ बाट निधन भएका टाटाका कर्मचारीका परिवारजनलाई नियमित तलब

टाटा स्टील कम्पनीले भारतमा कोभिड–१९ का कारण निधन भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ।

संक्रमण जितेका युवालाई फूलमाला र अविरसहित बिदाई

उपचारका लागि याम्खास्थित अस्थायी कोभिड अस्पतालमा राखिएका राईको मंगलबार गरिएको एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, डा. प्रमोद चौधरी, स्वास्थ्यकर्मी लगायतले फूलमाला र अबिर लगाएर बिदाइ गरेका हुन्।

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशः आदेश उल्लंघन गरेमा १ लाखसम्म जरिवाना

सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ ले आदेश उल्लघंन गरेमा प्रमुख जिल्ला अधिकारीलाई कैद र जरिवाना दुबै सजाय गर्न पाउने अधिकार दिएको छ।

रसुवा अस्पताललाई १७ प्रकारका स्वास्थ्य सामग्री प्रदान

रसुवा अपांग पुनर्स्थापना केन्द्रले अस्पताललाई १७ प्रकारका सामग्री हस्तान्तरण गरेको हो। केन्द्रका कार्यक्रम अधिकृत दावा लाक्पा तामाङले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट भुवनराज केसीलाई सामग्री हस्तान्तरण गरेका हुन्।

सहअध्यक्ष पौडेलद्वारा १० थान अक्सिजन सिलिन्डर सहयोग

कोभिड–१९ को महामारी फैलिएर अक्सिजन अभावमा विरामीको उपचार गर्न कठिन भएर ज्यान गुमाइरहेका बेला राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले गृह जिल्ला बागलुङमा व्यक्तिगत रुपमा १० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन्।

संक्रमितको मृत्युपछि नगरपालिका सिल, एक वडाबाट अर्कोमा आउजाउ गर्न रोक

१५ वडा रहेको नगरपालिकामा एक वडाबाट अर्को वडामा आउजाउ गर्नसमेत रोक लगाइएको छ। कोभिड–१९ को महामारी बढिरहँदा पनि आवतजावत नरोकिएकाले ‘कफ्र्यू’भन्दा कडा गर्ने तयारी भइरहेको मेयर रिजालले बताए।

४३ हजारले लगाए भेरोसेल खोप

काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन्। पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेरोसेलको दोस्रो मात्रा दिन थालिएको हो।

सेरमले तत्काल खोप नदिने

सेरमबाट उत्पादित खोपको पहिलो डोज लिएकालाई दोस्रो डोज पनि सोही खोप दिनुपर्छ। सेरमले यो वर्षभरि नै खोप उपलब्ध गराउन नसक्ने जनाएपछि पहिलो डोज खोप लिइसकेकालाई दोस्रो डोज कसरी दिने भन्ने अन्योल उत्पन्न भएको छ।

नागढुंगा सुरुङमार्गमा आधा कामदारले साइट छाडे

निर्माणाधीन नागढुंगा सुरुङमार्गमा कार्यरत केही कामदारमा कोभिड–१९ देखिएसँगै कार्यरत आधा कामदार साइट छाडेर घर फर्किएका छन् । सुरुङमार्गमा कार्यरत ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजरसहित ३३ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

खनाल र नेम्वाङलाई प्रश्न : तपाईहरूले इलामलाई के दिनुभयो?

सदरमुकामका युवक निरोज खड्गीले जिल्लाबाट निर्वाचित भई प्रधानमन्त्री, मन्त्री, पटक–पटक सभामुख र सांसद भइसकेका जनप्रतिनिधिले बढ्दो स्वास्थ्य जोखिम कम गर्नका लागि केही नगरेको गुनासो गरे।

भारतमा कोभिड–१९ का दैनिक संक्रमितहरु तीन लाखबाट घटे

यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्