९ आश्विन २०८१ बुधबार
image/svg+xml

कोरोना कहर : स्थानीय तहमा जनभावना अनुसारको योजना नबन्ने खतरा

वडाका टोल–टोलका लागि आवश्यक सडक, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, पर्यटन, सूचना/सञ्चार, सिँचाई, युवा तथा खेलकुद, वन तथा वातावरण, न्याय सेवा, सुशासन लगायतका विषयमाथि भुइँतहका स्थानीयसँग घनीभुत छलफल हुनुपर्ने हो। तर अहिलेको अवस्था भिन्न छ। भेला भएर आपसमा बृहत्तर हित हुने किसिमका योजनाको बारेमा छलफल गर्ने र छनौट गर्ने अवस्था छैन।

खोटाङमा सक्रिया संक्रमितभन्दा संक्रमण जित्नेको संख्या बढी

खोटाङमा कोभिड–१९ को सक्रिया संक्रमितको संख्यालाई संक्रमण जित्नेको संख्याले नाघेको छ । बुधबारसम्ममा सक्रिया संक्रमितको संख्या ६१० हुँदा संक्रमण जित्नेको संख्या ९०१ पुगेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

गाउँका संक्रमितलाई महिला विकास मञ्चले दियो भाले

कोभिड–१९ बाट संक्रमित बिरामीको नजिक जो कोही जान हिच्किचाउँछन् । संक्रमितको नजिक जाँदा आफैलाई संक्रमण सर्ने त्रास छ । संक्रमितलाई नजिक गएर ‘बोलाउने, स्वास्थ्य अवस्थाबारे बुझ्ने र मनोवल उच्च बनाउन प्रोत्साहित गर्ने’ व्यक्ति विरलै छन् ।

इलाम नगरमा भाडा र शुल्क छुट

दोस्रो लहरको कोभिड–१९ संक्रमणका बेला नागरिकलाई सहुलियत दिन इलाम नगरपालिकाले विभिन्न शुल्कमा छुट दिएको छ । नगरले खानेपानी शुल्क, भ्युटावर र सटर/पसलको भाडामा छुट दिने घोषणा गरेको हो ।

प्रधानमन्त्री ओलीले भनेः ४० लाख डोज खोप ल्याउने गृहकार्य भइरहेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको ४० लाख डोज खोप ल्याउने तयारी रहेको बताएका छन्।

११ महिनामा पुँजीगत खर्च ४० प्रतिशत मात्र

कोभिड–१९ संक्रमणको कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा चालु आर्थिक वर्षको ११ महिनामा करिव ४० प्रतिशतमात्र पुँजीगत खर्च भएको छ।

छिट्टै कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह

मुलुकमा कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरोसम्बन्धी खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन्।

निको भए आधाभन्दा धेरै संक्रमित

जिल्लामा दोस्रो लहरको कोभिड–१९ संक्रमितमध्ये आधाभन्दा बढी निको भएका छन् । अहिलेसम्म ६ हजार ८ सय ६ जनाको जाँच गर्दा १ हजार ५ सय २५ मा कोरोना पोजिटिभ देखिएको छ ।

कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको व्यापक दुरूपयोग

जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका लागि देशभरि दिन थालिएको कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको व्यापक दुरूपयोग भएको पाइएको छ। उक्त खोप तोकिएको उमेरसमूहबाहेकका व्यक्तिलाई समेत दिएको पाइएको परिवार कल्याण सेवा महाशाखाले जनाएको छ।

विद्यालय खोल्ने समय भएन र ?

लामो समयसम्म विद्यालय बन्द हुनु दीर्घकालीन विश्लेषण गर्दा व्यक्तिगतरूपमा बालबालिका र समाजका लागि ठूलो हानि हुन्छ।

'कोरोना भाइरसले मधुमेह निम्त्याउँछ'

दुई अध्ययनले मधुमेह हुनबाट बचाउने शरीरका कोषलाई कोरोना भाइरसले नष्ट गर्ने देखाएका छन्। कोरोना संक्रमण भइसकेपछि टाइप–१ मधुमेहमा शरीरले आवश्यक मात्रामा इन्सुलिनको उत्पादन गर्दैन भने टाइप–२ मा शरीरमा यथेष्ट इन्सुलिन भए पनि राम्रोसँग काम गर्न नसक्ने हुन्छ।

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

कोभिड १९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाली सेनालाई भेन्टिलेटर, आइसियू बेडहरु, पीपीई सेट र एम्बुलेन्सलगायतका सामग्री प्रदान गरेको नेपाली सेनाले जनाएको छ।

कोभिड–१९ः ११ लाख यातायात मजदुरको बिचल्ली

कोभिड–१९ को दोस्रो लहरले सार्वजनिक यातायात क्षेत्रका ११ लाखभन्दा धेरै मजदुर बिचल्लीमा परेका छन्। सरकारले गत वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञाले सार्वजनिक यातायातका साधनमा काम गर्ने ११ लाखभन्दा धेरै मजदुर प्रत्यक्ष प्रभावित भएका हुन्। पहिलो लहरको कोभिड–१९ को कारण झण्डै ६ महिना थिल्थिलो परेको यातायात क्षेत्र दोस्रो लहरले पनि झण्डै डेढ महिनादेखि ठप्प छ।

कोभिड–१९ः पहिलोभन्दा दोस्रो लहर घातक

कोभिड–१९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रमक र घातक देखिएको छ ।

खोटाङलाई साढे ११ लाखको स्वास्थ्य सामग्री

कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्