भारतीय सेनाले नेपाली सेनालाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोभिड १९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाली सेनालाई भेन्टिलेटर, आइसियू बेडहरु, पीपीई सेट र एम्बुलेन्सलगायतका सामग्री प्रदान गरेको नेपाली सेनाले जनाएको छ।
ती सामग्रीहरु शुक्रबार भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका थिए।
प्रकाशित: २८ जेष्ठ २०७८ १०:१८ शुक्रबार