coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निको भए आधाभन्दा धेरै संक्रमित

जिल्लामा दोस्रो लहरको कोभिड–१९ संक्रमितमध्ये आधाभन्दा बढी निको भएका छन् । अहिलेसम्म ६ हजार ८ सय ६ जनाको जाँच गर्दा १ हजार ५ सय २५ मा कोरोना पोजिटिभ देखिएको छ । संक्रमितमध्ये ९ सय २३ निको भइसकेका छन् ।  

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ६७ छ । त्यसमा पनि ५ सय ४३ जना होम आइसोलेसनमा छन् भने इन्टेन्सिभ केयर युनिट (आइसियु)मा ४ र सामान्य उपचारमा २० जना छन् । कुल संक्रमितमध्ये १९ देखि ४० वर्ष उमेरसमूहका मानिसको संख्या सबैभन्दा बढी ७ सय ६५ छ । ८१ वर्षभन्दा माथिका २० वृद्धवृद्धा संक्रमित भएका छन् भने १९ वर्षमुनिकाको संख्या १ सय ९३ रहेको प्रशासनले जनाएको छ ।  

करिब सातायता बजार क्षेत्रको तुलनामा गाउँमा चाहिँ संक्रमणदर बढेको छ । सुरुदेखि नै इलाम सदरमुकाममा तीव्र गतिमा बढेको संक्रमणदर अहिले छिटफुटमात्र छ भने गाउँतिर बढ्दोक्रममै छ । सदरमुकाम रहेको इलाम नगरमा अहिलेसम्म सबैभन्दा बढी ४ सय ४४ जना संक्रमित भएका छन् । सूर्याेदय नगरमा २ सय ७०, माङ्सेबुङ गाउँपालिकामा १ सय ९४, रोङ गाउँपालिकामा १ सय ५४, माइजोगमाई गाउँपालिकामा १ सय ४९ र माई नगरमा १ सय २१ जना संक्रमित भएका छन् । माइजोगमाई, रोङ र सूर्याेदय भारतीय सीमासँग समेत जोडिएका छन् । झापासँग जोडिएका माई र माङ्सेबुङमा पनि संक्रमण बढी देखिन्छ । संक्रमणका कारण जिल्लामा ३५ जनाको मृत्यु भइसकेको छ ।  

संक्रमण नियन्त्रणका लागि गत वैशाख २८ यता जारी निषेधाज्ञा असार ७ सम्मलाई तोकिएको छ । संक्रमितको संख्या २ सयभन्दा कम नहुञ्जेल निषेधाज्ञा हटाउन गाह्राे हुनसक्ने प्रशासन बताउँछ । सिडिओ ध्रुवबहादुर खड्काले संक्रमितको ठूलो संख्या अहिले घर–घरमै आइसोलेसनमा रहेकाले जोखिम कम नभएको बताए । ‘ठूलो संख्याका सक्रिय संक्रमित अहिले घर–घरमै आइसोलेनमा छन्,’ उनले भने, ‘अहिले निषेधाज्ञा हटाउँदा त्यहींबाट संक्रमण झन् छिटो फैलिनसक्ने भएकाले सजगता अपनाएका छौं ।’

प्रकाशित: १ असार २०७८ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App