२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सम्पदा संरक्षणमा महानगर प्रतिबद्ध

सम्पदा संरक्षण गर्ने नाममा नेवार समुदायलाई एकआपसमा लडाउने तत्व सक्रिय भएको भन्दै उनले सम्पदा अभियन्ताहरू बनेर सम्पदा बनाउनै नदिने व्यक्तिहरूबाट बच्नसमेत आग्रह गरे। हाल कमलपोखरी पुनर्निर्माणमा समेत अनावश्यक विवाद सिर्जना गरिएको शाक्यले बताए।

गौहत्यामा नगर प्रहरी निरीक्षकसहित १० जनालाई कैद

गत भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका २९१ वटा गाई मध्ये ३७ वटा गाईहरु सुर्खेतका विभिन्न ठाउँमा मृत फेला परेका थिए ।

‘कर्मचारीको पद, दरबन्दी र समूह किटान गरी समायोजन गर्नू’

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीको पद, दरबन्दी र समूह किटान गरेर मात्र कर्मचारीको समायोजन गर्न परमादेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश भोजराज अधिकारी र दुर्गाबहादुर विश्वकर्माको संयुक्त इजलासले बुधबार कर्मचारीको पद, दरबन्दी र समूह किटान गरी कर्मचारीको समायोजन गर्न परमादेश जारी गरेको हो ।

निजि विद्यालयलाई शुल्क नलिन उपमहानगरको निर्देशन

धरान उपमहानगरपालिकाले अनलाइन कक्षाको शुल्क निर्धारण नर्दासम्म मनोमानीढंगले नलिन निजी तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ।

उपमहानगरपालिका नाराबाजी गर्दै घेराउ

उपमहानगरपालिकाले शुल्क निर्धारण गर्न ढिला गर्दा निजी विद्यालयले मनोमानी शुल्क असुल गरेर आफूहरूलाई मार पारेको भन्दै अभिभावकहरूले धरान उपमहानगरपालिकामा नाराबाजी गर्दै घेराउ गरेका छन् ।

बेरोजगार बनेका व्यक्तिले वडा कार्यालयमा सम्पर्क गर्नू, रोजगारी दिन्छौं : काठमाडौं महानगरपालिका

कोरोना महामारीका कारण रोजगारी गुमेका काठमाडौं महानगरवासीलाई स्थानीय सरकारले रोजगारी दिने भएको छ।

तुलसीपुर उपमहानगरपालिकाले छोरी खातामा मासिक एकसय राखिदिने

दाङको तुलसीपुर उपमहानगरपालिकाले गत साउन १ गतेपछि जन्म भएका छोरीका लागि बैंक खातामा रकम जम्मा गरिदिने भएको छ।

साझा पार्टीले खुलामञ्चमा बुधबार बिहान र बेलुका खाना खुवाउने

काठमाडौँ खुलामञ्चमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले विरोध गरेको छ।

संक्रमण बढेपछि धरान उपमहानगरपालिका बन्द

कर्मचारी र जनप्रतिनिधिहरु धमाधम कोरोना संक्रमित हुन थालेपछि धरान उपमहानगरपालिका र सबै वडा कार्यालयहरु एक सातालाई बन्द गरिएको छ।

महानगरपालिकाको योजनामा विद्यालयस्तरीय मेयर कप

महानगरपालिकाले मेयर कप आयोजना गर्ने उद्देश्य राख्दै रातो किताबमै १० लाख रुपैयाँ विनियोजन गरेको छ।

रूख कटानबारे आरोप–प्रत्यारोप

धरान उपमहानगरपालिका–२० स्थित एक सामुदायिक वनमा अवैध रूपमा सालको रूख काटिएको घटनामा धरानका मेयर तिलक राई विवादमा तानिएका छन् ।

कोरोना नियन्त्रण र व्यवस्थापन गर्न उपमहानगरपालिकाको ४ करोड बढी खर्च

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले चार करोडभन्दा बढी रकम खर्च गरेको छ । उपमहानगरपालिका कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा यस्तो जानकारी दिइएको हो । पत्रकार भेटघाटमा नगर उपप्रमुख उमा थापामगरले कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि ४ करोड ७ लाख ४७ हजार ७ सय ७० रुपैयाँ खर्च भएको जानकारी दिइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्