१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पार्किङ शुल्क उठाउन ठेक्का सम्झौता

पोखरा महानगरपालिकाले पार्किङ शुल्क उठाउन निजी कम्पनीलाई जिम्मेवारी दिएको छ । झन्डै साढे दुई वर्षपछि महानगरपालिकाले निजी कम्पनीलाई दुईवर्षे सम्झौता गर्दै पार्किङ शुल्क उठाउने जिम्मेवारी फेवा–सावित्री (जेभी)लाई दिएको हो  

‘दुई वर्षका लागि फेवा–सावित्री (जेभी)लाई पार्किङ शुल्क उठाउने जिम्मेवारी दिएका छौं,’ पोखरा महानगरपालिका आय ठेक्का व्यवस्थापन शाखाका प्रमुख गणेश पाण्डेले भने, ‘यही मंसिर अन्तिम सातादेखि शुल्क उठाउन पाइनेछ ।’ फेवा–सावित्रीलाई दुई वर्षका लागि पार्किङ शुल्क उठाउन तीन करोड १६ लाख रूपैयाँमा सम्झौता गरिएको शाखा प्रमुख पाण्डेले जानकारी दिए ।

प्रकाशित: १९ मंसिर २०७७ ०४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App