२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काठमाडौं महानगरमा मोबाइल भ्यानबाट स्वाब संकलन

काठमाडौं महानगरले आइतबारदेखि स्वाब संकलनका लागि मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ। महानगरले उपलब्ध गराएको सवारीसाधनमा नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो।

प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गरेका थिए। कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन मोबाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको बैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रबाट डिजाइन तथा परीक्षण गरी तयारी अवस्थामा रहेको मोवाइल स्वाब कलेक्सन बुथ हस्तान्तरण गरेको थियो। महानगरपालिकाका प्रमुख शाक्यले लकडाउनको सुरु अवधिदेखि नै कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारलाई सहज बनाउनतिर ध्यान दिइएको बताए। उनले भने, ‘महानगरपालिकासँग उपलब्ध सीमित जनशक्तिबाट पनि प्रभावकारी काम अघि बढाइएको छ, यो भ्यानमार्फत अशक्त, अपाङ्गता भएका, दीर्घरोगी र जेष्ठ नागरिक जो विभिन्न कारणले चाहेर पनि घरबाहिर निस्केर जाँच गराउन सक्दैनन् त्यस्ता व्यक्तिका लागि बढी प्रभावकारी हुनेछ।’

‘प्रविधिमा आधारित यो प्रणालीबाट सुरक्षित सेवा प्रदान गर्न सहयोग पुग्नेछ। महानगरका प्रमुख प्रकाशकीय अधिकृत राजेश्वर ज्ञवालीले अनुसन्धान र विकासका क्षेत्रमा प्रतिष्ठानसँग सहकार्यलाई निरन्तरता दिइने बताए। ‘सवारीमा जडान भएको कक्षमा बसेर १ पटकमा २ जनाको स्वाब लिन सकिनेछ। हरेकको स्वाब लिइसकेपछि कक्षमा भएको स्वीच थिचेपछि स्बाव लिइएको ठाउँ स्वचालित रुपमा निसंक्रमण हुनेछ,’ उनले भने। नास्टका वरिष्ठ प्राबिधिक अधिकृत डा. शंकर ढकालले स्वास्थ्यकर्मीलाई पिपिइ लगाउँदा हुने झन्झटबाट कमी गराउन यो कक्षको निर्माण गरिएको बताए। यो वुथ निर्माण गर्न ३ लाख २० हजार ६ सय रुपैयाँ उपलब्ध गराएको हो। यसको प्राबिधिक पक्षको विकास र जडान नास्टले गरेको छ।

प्रकाशित: ८ मंसिर २०७७ ०१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App