१३ आश्विन २०८१ आइतबार
image/svg+xml

चुनवामा होमिएका अधिकांश कांग्रेसी पत्रकार विजयी

समग्रमा हेर्दा चुनावमा होमिएका काग्रेसी पत्रकार वडा प्रतिनिधि र वडा समितिमा पदाधिकारीमा चयन भएका छन्।

मन्त्रीले पिटे कार्यकर्ता

नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, वालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन्।

कांग्रेसमा वडासम्मै धाँजा

देउवाले पार्टी कब्जाको नीति लिएको आरोप लगाउँदै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालासहितले निर्वाचन समितिलाई डडेलधुराको पुनः वडा अधिवेशन गराउन पत्र बुझाएका छन्। संस्थापन पक्षले भने डडेलधुरामा विधिअनुसारै सदस्यता स्वीकृत गरिएको र वडा अधिवेशन भएको जिकिर गरेको छ।

कहिले बन्ला नयाँ सोचको कांग्रेस

एउटा जीवन्त पार्टी पुराना सदस्यबाट मात्र चल्दैन। हरेक पार्टीमा पाँच वर्षमा महाधिवेशन हुन्छ भनेर मान्दै गर्दा अघिल्लो अधिवेशनमा १३ पुगेको नवयुवक १८ वर्षको नौजवान हुन्छ। के उसको राजनीतिक दल छान्ने अधिकार हुँदैन  ?

पार्टी र सरकारमा एक्लिँदै देउवा

असार २९ गते प्रधानमन्त्री भएका देउवा नेतृत्वको सरकार गठबन्धन दलबीच सहमति जुट्न नसक्दा पाँच सदस्यमा सीमित छ । मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइसँगै देउवाको आलोचना बढ्दै गएका बेला उनले आफ्नै पार्टीमा निकटहरूको पनि साथ गुमाउँदैछन् ।

अधिवेशन अन्यौलताले बाँकेका कांग्रेस कार्यकर्ता निराश

केन्द्रले अधिवेशन हुन नसकेका बाँकी जिल्लाका लागि पछिल्लो पटक असोज ५ गते अधिवेशन तोकेपनि अहिलेसम्म कुनै सुरसार छैन।

धरान नगर कांग्रेसमा नेतृत्वका लागि रस्साकस्सी

कम्युनिस्टको गढ धरानमा गत स्थानीय तह उपनिर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवारलाई हराउँदै पहिलोपटक कांग्रेस उम्मेदवार तिलक राईले मेयर जितेका थिए । त्यसैले पनि धरानमा कांग्रेसको नेतृत्वमा पुगेर आगामी स्थानीय तह निर्वाचनबाट पनि स्थानीय सरकारमा कब्जा जमाउने दाउ दुवै पक्षमा रहेको देखिन्छ।

पार्टीको आन्तरिक लोकतन्त्र

लोकतन्त्रका मूल्यहरूले लोकतन्त्रका संरचना र कार्यपद्धतिका लागि आधार दिन्छ। सोही कार्यपद्धतिका आधार निर्माणका लागि महाधिवेशन गर्ने गरिन्छ।

फेरि संशोधन भयो कांग्रेस अधिवेशन तालिका

कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ सम्म काठमाडौंमा गर्ने केन्द्रीय महाधिवेशनको समयतालिका भने कांग्रेसले अहिलेसम्म यथावत् राखेको छ।

कांग्रेस नगर सभापतिमा तीन आकांक्षी, श्रेष्ठले गरे उम्मेद्वारी घोषणा

कांग्रेसका जिल्ला सभापति नरेश श्रेष्ठ, क्षेत्र नम्बर २ का सभापति तिर्थराज भट्टराई लगायतको उपस्थितिमा नगरसभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्।

नगर सभापतिमा तीनजनाको उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा छ । वडाबाट नेतृत्व चयन भईसकेको छ । क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । अब वडाबाट नगर तर्फ अधिवेशन उन्मुख छ । नगरको सभापति बन्ने धुनमा दुई वडाध्यक्षले उम्मेदवारीको घोषणा गरेका छन् ।

सहयोगीहरू टाढिँदै, फेरि पनि सभापतिमा बाजी मार्लान् देउवाले ?

पार्टीको १४औं महाधिवेशनबाट फेरि नेतृत्व दोहोर्‍याउने तयारीमा रहेका देउवा अहिले आफ्नै निकटहरूका कारण अप्ठेरोमा परेका छन्।

कांग्रेस वडा अधिवेशन सुरुः ‘आन्तरिक लोकतन्त्रमा रक्तसञ्चार’

२०७४ को आम निर्वाचनपछि आन्तरिक कलहमै रुमलिन पुगेका कांग्रेस नेता कार्यकर्ता यति बेला वडा तहको अधिवेशनमा सहभागी हुन गाउँगाउँ पुगेका छन्।

२० वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन, अन्यमा अधिवेशन जारी

शुक्रबार जारी अधिवेशनका क्रममा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये २० वडाको नेतृत्व सर्वसहमत चयन भइसकेको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए।

टुरिष्ट कांग्रेसको बिगबिगी

यतिबेला देशै भरिका जिल्लाहरुमा कहिल्यै नदेखिने कांग्रेसीहरु झुल्कीन थालेका हुन्। राजनितिक लाभ लिन महाधिवेशनमा मरिमेट्नेहरु चुनाव सकिएपछि नाम भजाउन राजधानी वा अन्य सहर तिर बिलाउछन् भने हार्नेहरु हारको रिस बोकेर उनिहरुको बिरोधमा खनिने गर्दछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्