७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नगर सभापतिमा तीनजनाको उम्मेदवारी

वर्तमान उपसभापति सहित दुईवडाध्यक्षको उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा छ। वडाबाट नेतृत्व चयन भईसकेको छ। क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अब वडाबाट नगर तर्फ अधिवेशन उन्मुख छ। 

नगरको सभापति बन्ने धुनमा दुई वडाध्यक्षले उम्मेदवारीको घोषणा गरेका छन्। नगर सभापतिको लागि पोखरा महानगरपालिका– ११ का वडा अध्यक्ष मोहनप्रसाद बाँस्तोला र वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेको उम्मेदवारी घोषणा गरेका छन्। उनीहरुसँगै पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले पनि उम्मेदवारी दिएका छन्।  विजुक्छे नेपाली कांग्रेस नगर उपसभापति समेत हुन्। नगरसभापति बजिरमान श्रेष्ठ हुन्। 

२०३६ सालदेखि नै विद्यार्थी  आन्दोलनमा सक्रिय रहेका विजुक्छे २०४३ सालमै नेपाली कांग्रेसको ईकाई सभापति भएका थिए। पार्टीको विभिन्न तहमा रहेर पार्टीको हकहितको लागि प्रतिबद्ध छन्। ‘कुनैपनि लाभको पदक लिएको छैन्। कुनैपनि स्थानीय निकाय, प्रदेश, संघीयको उम्मेदवारी बन्दिन्,’ उनले भने, ‘पार्टीकै लागि लड्दै आईयो। उपसभापति भईसकेपछि स्वतः सभापतिको उम्मेदवार हो।’ उनी नगरकै कोषाध्यक्ष जिम्मेवारी सम्हाल्दै उपसभापतिसम्म आईपुगेका हुन्। पार्टीलाई एकजुट बनाउने प्रयास हो। संगठन अहिले बिग्रिएको बताउँदै उनले गुट र उपगुटको अवस्थालाई अन्त्य गर्नुपर्नेमा आफनो जोड रहेको जिकिर गरे।  

उनले पार्टीभित्र एकताको सन्देश दिनुपर्ने खाँचो औल्याए। नगरलाई नमूना नगर बनाउने आफ्नो ध्येय रहेको उल्लेख गरे। सचिवालय भनव निर्माण गर्ने अभियान छ। प्रत्येक वडामा भातृ संस्थालाई क्रियाशिल बनाउने, प्रशिक्षण दिई गुट र उपगुट अन्त्य गर्ने भूमिका खेल्ने उनले प्रष्ट्याए। १३ औं महाधिवेशनमा जिल्ला सचिव रहेका लामिछाने हाल पोखरा महानरपालिका–९ का अध्यक्ष हुन्। उनले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँग छलफल गरी आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन्। २०३६ सालदेखि नेविसंघबाट राजनीति शुरु गरेका लामिछानेसँग तरुण दल हुँदै कास्की कांग्रेसको सचिव पदमा रहेर काम गरिसकेका छन्।  

लामिछानेलाई गत स्थानीय तहमा निर्वाचनमा पार्टीले पोखरा ९ को अध्यक्षका लागि सिफारिस गर्‍यो। अध्यक्षमा निर्वाचित भएपछि सचिव पद त्यागेका थिए। पार्टीमा कुशल नेताको छवि बनाएका लामिछाने हाल पोखरा महानगरमा कांग्रेसको तर्फबाट दलको नेता तथा सचेतक रहेर महानगरमा भएका अयिनयमिताबारे खबरदारी गर्दै आएका छन्। 

पार्टीको संगठन बलियो बनाएर आगामी निर्वाचनमा पार्टी जिताउने क्षमता आफूमा रहेको उनले दाबी गरेका छन्। उनले पार्टीका शीर्ष नेता देखि केन्द्रीय, क्षेत्र, जिल्ला र वडा तहका नेतासँग निकट रहेर काम गरेका अनुभव छ। पार्टीमा गुट उपगुटभन्दा एक ढिक्का बनाएर लैजानु पर्ने आवाज सधैँ उठाउँदै आएका लामिछानेले नगरको जिम्मा पाए पार्टीलाई अझै बलियो बनाउन सक्ने क्षमता आफूमा रहेको उनको दाबी छ।

कांग्रेसको तर्फबाट गत स्थानीय चुनावमा विजयी भइ जनप्रतिनिधिका रुपमा पोखरा महानगरपालिका–११ को नेतृत्व समाल्दै आएका बाँस्तोलाले काग्रेसलाई आउँदो स्थानी चुनावमा पहिलो पार्टीको रुपमा स्थापित गर्ने रणनीतिका साथै आफ्नो राजनीतिक यात्रा पोखरा महानगरभर विस्तार गर्न उम्मेद्वारी घोषणा गरेको बताए। 

स्थानीय जनप्रतिनिधिका रुपमा पोखरा महानगरपालिका आइसकेपछि पोखरा महानगरपालिकाको विकास समिति संयोजक र वातावरण तथा विपद व्यवस्थापन समितिको सभापतिको रुपमा ४ वर्ष काम गर्दा आफुले ३३ वटै वडामा पार्क निर्माण, मठमन्दिर तथा किरियापुत्री भवन निमार्ण तथा संरक्षणलाई जोड दिएको बताए।  

महानगरपालिका भित्रका अनेकाैं बेथितिलाई चिर्न पनि कांग्रेस आगामी चुनाबमा पहिलो पार्टी भएर आउनैपर्ने उनको जोड थियो। आफु कुनै पनि गुट उपगुटमा रहेर नभइ स्वतन्त्र रुपमा उम्मेद्वारी घोषणा गरेको पनि बााँस्तोलाले स्पष्ट पारे। 

प्रकाशित: २२ भाद्र २०७८ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App