१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अन्योलबीच कांग्रेस अधिवेशन आजबाट

संस्थापन इतरका नेताहरूले १४औं महाधिवेशनमा सहमतिमै सभापतिमा एकजनाले मात्रै उम्मेदवारी दिने दाबी गरेका छन् ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन रोक्न सर्वोच्चमा रिट

‘विश्वभरि नै भेला र मेलाका कारण कोरोना सङ्क्रमण फैलिरहेको छ, अहिलेको अवस्था भनेको कोरोना नियन्त्रण मुख्य काम हो’, सांसद वैद्यले भने, ‘कोरोना नियन्त्रणपछि महाधिवेशन गर्नुपर्छ, जनताको जीउज्यान सबैभन्दा ठूलो कुरा हो।’

भदौ १८ अघि सर्वसम्मत सभापतिको उम्मेदवार छान्न पौडेल पक्षको प्रयास

सकेसम्म वडा अधिवेशनअघि नै आफ्नो समूहबाट एकजना मात्र सभापतिको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले प्रयास गरेको छ। भदौ १८ गते वडा अधिवेशन हुँदैछ। सकेसम्म भदौ १८ अघि एकजना व्यक्तिको नाम नै टुंगो लगाउने प्रयास भइरहेको पौडेल पक्षका बलबहादुर केसीले बताए। यसका लागि पौडेल पक्षले मंगलबार बोलाएको बैठकमा केसी सहभागी भएका थिए।

कांग्रेसको राष्ट्रिय शिक्षा नीति: प्रधानमन्त्री कुलपतिबाट हटाउने प्रस्ताव

विश्वविद्यालयमा ११ मिनेट पनि समय दिन नसक्ने व्यक्ति देशका ११ वटा विश्वविद्यालयको कुलपति बन्न उचित नहरेको प्रस्तावसहित नेपाली कांग्रेसले राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको छ।

'व्यक्ति नभई विधि, पद्धति हेरेर क्रियाशिल सदस्यता वितरण हुनुपर्नेमा जोड'

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्नेगरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ।

कांग्रेसको १४औँ महाधिवेशन : आठ लाख ५२ हजारलाई क्रियाशील सदस्यता

नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ।

दिक्तेलबजार हिलाम्मे, तत्काल ढलान सुरु गर्न कांग्रेसको माग

दिक्तेलको हाटडाँडादेखि सिँचाईगेटसम्मको खण्ड ढलान नहुँदा वर्षा याममा हिलाम्मे हुँदा पैदल यात्रा गर्न समेत असहज भएको भन्दै नेपाली कांग्रेस क्षेत्र नम्बर २ खोटाङले ध्यानाकर्षण भएको जनाएको हो।

स्थानीय तहमा काँग्रेसको अधिवेशन चहलपहल बढ्यो

नेपाली काँग्रेसको आगामी चौधौं महाधिवेशनको चहलपहल स्थानीय तहबाट सुरु भएको छ। काँग्रेस केन्द्रिय समितिले गरेको निर्णय अनुसार चौधौ महाधिवेशन हुने भएपछि जिल्ला तथा गाँउगाँउमा नेपाली काँग्रेसको अधिवेशनको चहलपहल सुरु भएको हो।

निर्वाचन कार्यतालिकाप्रति कांग्रेसको आपत्ति

संवैधानिक इजलासमा संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेका बेला त्यसलाई प्रभावित गर्न आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको टिप्पणी कांग्रेसको छ।

वरिष्ठ नेता पौडेल, सिटौला र कोइरालाबीच मण्डिखाटारमा छलफल

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबारे पार्टीका तीन नेताबीच आज छलफल भएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला निवास मण्डिखाटारमा भएको भेटमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।

महाधिवेशन नजिकिँदै गर्दा बिमलेन्द्र, शशांक र प्रकाशमान एकैठाउँमा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीका वरिष्ठ नेताहरु महाधिवेशनको लागि गठबन्धनको तयारीमा लागेका छन्।

टिम समेट्न देउवालाई दबाब

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन्। उनीहरूले उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन हुने बताउँदै समझदारी गरेर अघि बढ्न सुझाएका हुन्।

अन्योलबीच कांग्रेसमा नेतृत्व जोडघटाउ सुरु

नेपाली कांग्रेसको महाधिवेशन मिति पटकपटक प्रभावित भइरहेका बेला शीर्ष नेताहरूले नेतृत्वका लागि तयारी सुरु गरेका छन्। केन्द्रीय समितिको शुक्रबार सम्पन्न बैठकले कार्यतालिका संशोधन गरी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेलगतै सभापति शेरबहादुर देउवा फेरि पार्टीको नेतृत्व लिने तयारीमा जुटेका छन्।

कांग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक

समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दिए।

ओली सरकारको विपक्षमा मतदान गर्न कांग्रेसको आग्रह

सरकारले संविधानको आधार भत्काउन बदनियतपूर्वक र षड्यन्त्रमूलक ढंगले ल्याएका अध्यादेशलाई राष्ट्रपतिले साथ दिएको कांग्रेसको आरोप र ठहर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्