९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

'व्यक्ति नभई विधि, पद्धति हेरेर क्रियाशिल सदस्यता वितरण हुनुपर्नेमा जोड'

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्नेगरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ।

मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले विवादित ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई कायम राख्दै महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको हो। क्रियाशिल सदस्यता वडा तहबाट कायम हुनुपर्नेमा कतिपय ठाउँमा सिधै क्षेत्र, जिल्ला वा केन्द्रबाटै वितरण गरिएको भन्दै पौडेल समूहले असन्तुष्टि समेत व्यक्त गरेको छ।  

व्यक्ति हेरेर नभई विधि, पद्धति र प्रक्रियामा क्रियाशिल सदस्यता वितरण हुनुपर्नेमा जोड दिइएको नेता अर्जुननरसिंह केसीले बताए। ‘जे संविधानले गरेको आधारभूत, संरचनागत सिद्धान्त हो। तदनुरुप क्रियाशिल सदस्यता टुंगो लगाउनुपर्छ', उनले भने, 'जहाँ जहाँ विवाद भएका छन्, तिनीहरुलाई १३ औँ महाधिवेशनकै क्रियाशिलतालाई मान्ने गरेर नयाँ अधिवेशनको प्रारम्भिक चरणको खुड्किला प्रारम्भ गरौं भन्ने हो।' 

उनले क्रियाशिल सदस्य वडाबाट नभई आकाश र पातालबाट आएको टिप्पणी गर्दै वडामा प्रस्तुत नै नभइकन थपिएका सदस्यलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे।

प्रकाशित: १९ श्रावण २०७८ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App