१७ असार २०८१ सोमबार
image/svg+xml

पीडा बिसाउने चौतारी बन्दै माइतीघर

माइती चेलीहरूले आफ्नो सुखदुःख बिसाउने प्यारो घर हो। राजधानीमा रहेको माइतीघर पनि नेपालीको पिर बिसाउने साझा चौतारी बन्दै छ।

नेपालगञ्जमा जारी कर्फ्यू थप खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ आदेश जारी गर्दै कर्फ्यू र निषेधाज्ञालाई थप खुकुलो बनाएको बताएको हो।

नेपालगन्जमा पुनः कर्फ्यु जारी, पाँच जना भन्दा धेरै भेला हुन नपाइने

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रमा आज पुनः कर्फ्यु आदेश जारी गरेको छ। आज बिहान ६ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।

६५ हजारभन्दा बढीले गराए राष्ट्रिय परिचय–पत्रका लागि विवरण दर्ता

ताप्लेजुङमा राष्ट्रिय परिचय–पत्रका लागि ६५ हजारभन्दा बढीले नाम दर्ता गराएका छन्।

गोरखामा आमाका नामबाट नागरिकता

गोरखामा आमाका नामबाट नागरिकता वितरण सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले बाबुको पहिचान नखुलेका १६ वर्ष पूरा भएका नागरिकलाई आमाका नामबाट नागरिकता वितरण गर्न सुरु गरिएको हो।

अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता दिन थालेको छ।

नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण

धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ।

पशुपति मन्दिर आसपास मासु र मदिराजन्य पदार्थ निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि पशुपति मन्दिर वरपर मासु र मदिराजन्य पदार्थ निषेध गरेको छ।

मलङ्गवामा जारी कर्फ्यु हट्यो, भदौ २७ गतेसम्म निषेधाज्ञा लागु

जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिवारदेखि लागु गरेको कर्फ्यु हटाउँदै थप तीन दिनका लागि निषेधाज्ञा जारी गरेको छ।

जिप्रका काठमाडौँले भन्योः सरकारी काममा अवरोध हुनेगरी वक्तव्यबाजी नगरौँ

राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित गर्नेगरी, मनोबल कमजोर बनाउनेगरी सामाजिक सञ्जालहरू वा अन्य कतै अनावश्यक अभिव्यक्ति नदिन भनेको हो।

कर्मचारीको गल्ती नागरिकलाई सास्ती

सरकारी कार्यालयका कमजोरीका कारण नागरिकले भोग्नुपरेका हैरानी र आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक क्षति भनिसाध्य छैन।

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ।कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो।

कपिलवस्तुमा ३३ जनाले त्यागे नेपाली नागरिकता

भारतमा नागरिक भएर बस्न चाहेको भन्दै ४ जना र भारतमा विवाह भएको छोरीसंग बस्न चाहेको भन्दै एक जनाले नागरिकता त्याग गरेका छन्।

सप्तरीका पत्रकार आन्दोलित

जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई अनुमति बिना कार्यालयको फोटो, भिडियो खिचे कानुनी कारबाही हुने ब्यहोराको सूचना गरेपछि सप्तरीका पत्रकारहरू बिहीबारदेखि आन्दोलित भएका छन्।

इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु

इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ।जिल्ला प्रशासन कार्यालय इलामले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो। विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्