१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

नेपालगन्जमा पुनः कर्फ्यु जारी, पाँच जना भन्दा धेरै भेला हुन नपाइने

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रमा आज पुनः कर्फ्यु आदेश जारी गरेको छ। आज बिहान ६ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।  

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रवार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।

कर्फ्यु लगाइएको क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन, पोस्टर, पर्चा टाँस्न नपाइने बताइएकाे छ।

प्रकाशित: १९ आश्विन २०८० ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App