१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

६५ हजारभन्दा बढीले गराए राष्ट्रिय परिचय–पत्रका लागि विवरण दर्ता

ताप्लेजुङमा राष्ट्रिय परिचय–पत्रका लागि ६५ हजारभन्दा बढीले नाम दर्ता गराएका छन्।  

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार ३४ हजार ३ सय ६५ पुरुष र ३० हजार ८ सय ७३ जना महिला गरी कूल ६५ हजार २ सय ३८ जनाले राष्ट्रिय परिचय–पत्रका लागि नाम दर्ता गराएका छन्। यो असोज दोस्रो सातासम्मको विवरण रहेको पनि उनले बताए।  

राष्ट्रिय परिचय–पत्र वितरण दर्ता कर्मचारी वसन्त निरौलाका अनुसार कूल नाम दर्ता गरेका मध्ये ४६ हजार २ सय ५ जनाले राष्ट्रिय परिचय–पत्र दर्ता सम्बन्धी अभियानका क्रममा र १९ हजार ३३ जनाले जिल्ला प्रशासन कार्यालयमार्फत् नाम दर्ता गराएका हुन्।  

जिल्ला प्रशासन कार्यालयमै राष्ट्रिय परिचय–पत्रको विवरण दर्ता गर्ने गरिन्छ। नयाँ नागरिकता बाहकलाई नागरिकता प्राप्त गर्न आएकै दिन राष्ट्रिय परिचयपत्रको विवरण  समेत दर्ता गरेर मात्र जाने व्यवस्था जिल्ला प्रशासन कार्यालयले गरेको छ। 

प्रकाशित: १७ आश्विन २०८० ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App