४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जिप्रका काठमाडौँले भन्योः सरकारी काममा अवरोध हुनेगरी वक्तव्यबाजी नगरौँ

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरकारी काममा अवरोध पुर्याउनेगरी अनावश्यक  वक्तव्यबाजी नगर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमवार विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै असल मनसायबाट सम्पादन भएका सरकारी काममा खटिएका राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित गर्नेगरी, मनोबल कमजोर बनाउनेगरी सामाजिक सञ्जालहरू वा अन्य कतै अनावश्यक अभिव्यक्ति नदिन भनेको हो।  

कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयमार्फत् विगतदेखि नै हुँदै आएको छ। इस सन्दर्भमा गृह मन्त्रालयले विभिन्न मितिमा अनुगमन, नियमन र यिन्त्रणका लागि परिपत्र समेत गर्ने गरेको छ। त्यसलाई जथाभावी व्याख्या गर्दै मेयर शाहले राष्ट्रसेवक कर्मचारीको मनोबल खस्काउने तरिकाको अभिव्यक्ति दिनु ठिक होइन।’

सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठका अनुसार कार्यक्षेत्रमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीहरूका बारेमा कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारी समक्ष जानकारी हुन आएको खण्डमा प्राप्त गुनासो उपर छानबिन गरी आवश्यक निर्णय हुनेछ।  

प्रकाशित: १८ भाद्र २०८० ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App