८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पशुपति मन्दिर आसपास मासु र मदिराजन्य पदार्थ निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि पशुपति मन्दिर वरपर मासु र मदिराजन्य पदार्थ निषेध गरेको छ। हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो।

आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म मासु र मदिराजन्य पदार्थ निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति आसपासका क्षेत्रमा मदिरा, नशालु पदार्थ, माछामासु बिक्रिवितरण, उत्पादन, सेवन, ओसारपसार, भण्डारणमा रोक लगाएको हो।

पशुपतिनाथ क्षेत्र भित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रकाशित: ३१ भाद्र २०८० ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App