१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

नेपालगञ्जमा जारी कर्फ्यू थप खुकुलो बनाइयो

फाइल तस्बिर

बाँकेको नेपालगञ्जमा जारी कर्फ्यू थप खुकुलो बनाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ आदेश जारी गर्दै कर्फ्यू र निषेधाज्ञालाई थप खुकुलो बनाएको बताएको हो।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगञ्जमा आज बिहान १० बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा र त्यसपछि बिहान ४ बजेसम्म कर्फ्यु लागू रहने बताएका छन्।  

गत सोमवारदेखि जारी गरिएको कर्फ्यू बिहीवारदेखि केही खुकुलो बनाइएको थियो। सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी नेपालगञ्ज उपमहानगरमा कर्फ्यू र निषेधाज्ञा जारी गरिएको थियो।  

बिहीवारदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु र त्यसपछि दिनभर निषेधाज्ञा जारी हुँदै आएकोमा आजबाट थप सहज भएको हो।  

निषेधाज्ञाका बेला कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर/पर्चा जस्ता प्रचार सामग्री टाँस्न नपाइने  तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

प्रकाशित: २१ आश्विन २०८० ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App