६ आश्विन २०८१ आइतबार
image/svg+xml

नर्समा कोरोना संक्रमण भएपछि कपिलवस्तु अस्पतालको अकस्मिक बाहेक सबै सेवा बन्द

स्टाफ नर्समा समेत कोरोना संक्रमण भएको पुष्टी भएपछि कपिलवस्तु अस्पतालको अकस्मिक बाहेका सबै सेवा शुक्रबारबाट बन्द गरिएको छ । ३ दिन अघि अस्पतालका कार्यरत २५ वर्षीया एक स्टाफ नर्ससहित कपिलवस्तु नगरपालिकाका ८ जनामा कोरोना संक्रमण देखिएको थियो । अस्पतानलको प्रसुति वार्डमा कार्यरत ती स्टाफ नर्स अस्पताल कै आइसोलेसन बेडमा उपचाररत छिन् । स्टाफ नर्स संक्रमित भए पनि अस्पतालमा सेवा सुचारु गरिएको प्रति तौहिलवा बिरोध सुरु भएको थियो ।

संसदीय समितिको निर्देशन र सुझाव बेवास्ता

प्रतिनिधिसभा र राष्ट्रिय सभाका समितिले कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न निर्देशन र सुझाव दिए पनि सरकारले यसबारे वास्ता गरेको छैन। समितिले विज्ञसँग छलफल गरी सरकारलाई निर्देशन र सुझाव दिएका छन्।

कोरोना संक्रमितको संख्या २ सय ५८ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ। शुक्रवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय ५८ पुगेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो।

गजुरीमा स्वाब संकलन बुथ निर्माण

कोरोना परीक्षणका लागि स्वाब संकलन सहज र सुरक्षित बनाउन धादिङको गजुरीमा स्वाब संकलन ‘टेस्ट बुथ’ निर्माण गरिएको छ । गजुरी गाउँपालिका अन्र्तगतको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण गरिएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको स्वाब पीक्षण गर्ने स्वास्थ्यकर्मीको सुरक्षाको लागि स्वाब संकलन बुथ जडान गरिएको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. खगेन्द्र श्रेष्ठले बताए ।

कोभिड विशेष कृषि कार्यक्रमका लागि ५१ करोड

प्रदेश सरकारले कोभिड-१९ बाट प्रभावित किसानका लागि राहत र अनुदानसहितको विशेष कार्यक्रम ल्याएको छ । कोभिड-१९ विशेष कृषि कार्यक्रम अन्तरगत ५१ करोड १४ लाख रकम कृषि क्षेत्रमा खर्च गर्ने निर्णय बिहीबारको मन्त्रीपरिषद बैठले गरेको हो । सो रकम चालु आर्थिक वर्ष भित्रै खर्च गरीसक्ने गरी योजना बनाइएको छ । कार्यक्रम अन्तर्गत कृषि एम्बुलेन्स परिचालनमा ३४ लाख छुट्याइएको छ ।

रुपन्देही र बाँकेमा ४ सय आइसोलेसन बेड थपिने

कोभिड-१९ का बिरामीको संख्या थपिदै गएपछि प्रदेश सरकारले आइसोलेसन अस्पतालको क्षमता बढाउने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले बुटवल, भैरहाव र बाँकेमा थप ४ सय बेड क्षमता बिस्तार गर्ने निर्णय गरेको हो ।

थप ९ जनालाई कोरोना, संक्रमितको संख्या २५८ पुग्यो

थप ९ जनालाई कोरोना पुष्ट् भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ९ जनामा कोरोना देखिएको हो।

बाँकेका अस्पतालमा कोरोना उपचार

पहिलो संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षिय ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङमार्फत नेपालगन्ज–८ निवासी २४ जना संक्रमित फेला परेका हुन् ।

चोरी शिकारी बढेको गुनासो

लकडाउनको अवधिमा खोटाङमा वन्यजन्तु चोरी शिकारी बढेको गुनासो आउन थालेको छ । स्थानीय सरकार, प्रशासन र प्रहरीको ध्यान कोरोना भाइरसविरुद्धको लकडाउनको पालनामा केन्द्रित भएको अवस्थामा जिल्लाका विभिन्न वनमा मृग, कालिज, मयुर लगायतका वन्यजन्तुको चोरी शिकारी बढेको सामुदायीक वन उपभोक्ताकर्मीको भनाई छ ।

रौतहटबाट गोरखा आएका ४ जना क्वारेन्टाइनमा

रौतहटको इट्टाभट्टामा काम गर्दै आएका चार जना मजदुर बिहीबार गोरखा भित्रिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । निर्माण सामग्री ढुवानी गर्ने गाडीमा गोरखा आएका नगरपालिका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको नगरप्रमुख राजनराज पन्तले बताए ।

रसुवामा एम्बुलेन्स चालकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता

रसुवामा सञ्चालन हुने एम्बुलेन्सका चालकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेटको व्यवस्था गरिएको छ । यसअघि प्रत्येक एम्बुलेन्समा छेकाबारको व्यवस्था गरिएकोमा अहिले पीपीइ सेटको व्यवस्था गरिएको हो ।

खरिद १० रुपैयाँ प्रतिकिलो, बिक्री ७० रुपैयाँ !

लमही नगरपालिका वडा नम्बर ४ घुम्नाका रञ्जीत चौधरीको १७ कठ्ठा जमिनमा लटरम्म तरकारी फलेको छ । करेला, बोडी, भिण्डि लगाएतका तरकारी फलाएका रञ्जीत आफ्नो उत्पादन विक्री गर्न बजार सम्म पुग्न सक्दैनन् । कारण— लकडाउन । जिल्लाका बिभिन्न बजारहरुबाट तरकारी व्यापारीहरु उनको बारीमै तरकारी खरिद गर्न पुग्छन् । तर रञ्जीतले आफूले उत्पादन गरेको तरकारीको मूल्य तोक्न पाउँदैनन् । उनै ब्यापारिहरुले मूल्य तोकिदिन्छन् ।

विद्युत खपतदेखि निर्यात बढाउनेसम्मका योजना समेटिने

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वदेशमा विद्युत खपत बढाउनेदेखि छिमेकीमुलुक भारतमा बिजुली निर्यात बढाउने खालको नीति अबलम्वन गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दैछ । तर,ऊर्जा मन्त्रालयले भने नीति तथा कार्यक्रममा ऊर्जा खपतदेखि बिजुली निर्यातसम्मका योजना नीति तथा कार्यक्रममा समावेश भएर आउने जनाएको छ ।

बाँकेका अस्पतालमा कोरोना उपचार

नेपालगन्जमा पहिलो कोरोना संक्रमित फेला परेको दुई साता पुग्दा अहिलेसम्म संक्रमितको संख्या २५ पुगिसकेको छ । पहिलो संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षिय ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङमार्फत नेपालगन्ज–८ निवासी २४ जना संक्रमित फेला परेका हुन् ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा कोरोना परीक्षण

कोरोनाको उच्च जोखिम देखिएपछि नेपालकै ठूलो कालिमाटी फलफूल तथा तरकारी बजारमा समितिमा कार्यरत सम्पुर्ण पदाधिकारी तथा त्यहाँ प्रत्यक्ष रुपमा कृषि बस्तुको खरीद विक्री कार्यमा संग्लन हुनेहरुमा कोरोना परीक्षण सुरु गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्