११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘भरपर्दो मास्क लगाऔं कोरोनाबाट बचौं’

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रकी प्रशिक्षक शीला श्रेष्ठले मास्क राम्रोसँग नलगाउने, मास्क चिउँडोमा लगाउने, मास्क धोएर लगाउने जस्ता गलत काम भइरहेको पाइएको बताइन्। नेपालमा मास्कको गलत प्रयोग भइरहेका कारण पनि मास्क सप्ताह आयोजना गर्नुपरेको उनले बताइन्।

२५४८ नयाँ संक्रमित, ५५ को मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ५ सय ४८ जना नयाँ कोरोना संक्रमत भेटिएका छन्। कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सोको संख्यामा संक्रमित भेटिएको जनाएको हो।

सुधा अग्रवाललाई ‘महिला चिकित्सक’ सम्मान

सुधा अग्रावाललाई नेपाल चिकित्सक संघले सम्मान गरेको छ।राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रवाललाई महिला चिकित्सक सम्मानले सम्मानित गरेकी हुन्।

जब १० हजार १९ को मृत्यु मात्र तथ्यांक बन्छ

मानवशास्त्रका प्राध्यापक डा. विनोद पोखरेल महामारीमा हुने मृत्युलाई तथ्यांकमा हेरिने र मृतकका परिवारमा भएको पीडा, क्षति र समवेदनाको कम आकलन गरिने बताउँछन्। ‘एकजनाको मृत्यु दुखान्त घटना मानिन्छ, जब मृतक संख्या हजारौं पुग्छ त्यति बेला यो तथ्यांकमा परिणत हुन्छ,’ पोखरेल भन्छन्।

कर्णाली प्रतिष्ठानको विकासमा साथ दिन्छु: प्रदेश प्रमुख कलौनी

कर्णाली प्रदेशका प्रमुख गोबिन्द प्रसाद कलौनीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विकासमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले महामारीका समयमा कर्णाली प्रतिष्ठानले देखाएको तदारुकताको उच्च प्रशंसा गरे।

विद्युतीय खोप प्रमाणपत्र: प्रक्रिया झन्झटिलो बनाइएपछि चर्काे आलोचना

स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्युआर कोडसहितको प्रमाणपत्र प्राप्त गर्न मन्त्रालयको वेबसाइटमा गएर अनलाइन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। अनलाइन दर्ता गर्न असमर्थलाई यस्तो प्रमाणपत्र लिन राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा ८ थरी कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

मंसिरसम्म १ लाख ९३ हजारमा थप कोरोना संक्रमण हुने प्रक्षेपण

बिहीबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट प्रवक्ता तथा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले आगामी पाँच महिनाको संक्रमणको यस्तो प्रक्षेपण गरेका हुन्।

टोकियोमा स्वास्थ्य संकटकाल झन् कडा

टोकियो सहरमा त्यहाँको सरकारले स्वास्थ्य संकटकाल लगाइरहेको अवस्थामा पनि संक्रमण दर तीव्र गतिमा फैलिरहेकाले सरकारले स्वास्थ्य क्षेत्रमा सुरक्षाको मापदण्डलाई झनै कडा बनाएको हो।

वीपीका चारजना पदाधिकारीलाई हटाउने सहमति, कार्यान्वयनमा भने शंका

‘प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ घ मा व्यवस्था भए अनुरुप चारैजना पदाधिकारी हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने।’ यो दफामा उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकले आफ्नो पद अनुसारको दायित्व पूरा नगरेमा पदबाट हटाउन सक्ने व्यवस्था गरेको छ।

रश्मोरबरो काउन्सिलद्वारा गोरखा नगरपालिकामा ६५ लाखको स्वास्थ्य सामग्री सहयोग

बढ्दो कोरोना संक्रमणलाई रोक्न र नगरबासीलाई सुरक्षित राख्न भगिनी संम्बन्धमा जोडिएको रश्मोरबरोले बिहिवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

असोजसम्म १ करोड ५ लाख खोप उपलब्ध हुन्छः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा १ करोड ५ लाख खोप उपलब्ध हुने बताएका छन्।

नेपालमा संक्रमणको तेस्रो लहर सुरु

जनस्वास्थ्य विज्ञहरूले नेपालमा संक्रमणको तेस्रो लहर सुरु भएको बताएका छन्। दैनिक संक्रमणदर बढ्दै गएको र यो थप बढ्ने क्रममा रहेकाले तेस्रो लहर सुरु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। ‘संक्रमण बढ्ने क्रममा देखिनु भनेको तेस्रो लहरको सुरुवात हो’, उनले भने।

विदेशमा मृत्यु हुनेका आफन्तलाई वर्षमा दुई अर्ब

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेका परिवारलाई दिइने (बिमासमेत) रकम जोड्ने हो भने वर्षमा दुई अर्ब रूपैयाँ हाराहारी खर्च हुने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्