३१ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

२५४८ नयाँ संक्रमित, ५५ को मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ५ सय ४८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सोको संख्यामा संक्रमित भेटिएको जनाएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा मन्त्रालयले १२ हजार ३ सय ७८ जनाको नमूना परीक्षण गरेको थियो । मन्त्रालयले सोही अवधिमा २ हजार २९ जना निको भएको पनि जनाएको छ।

प्रकाशित: २४ श्रावण २०७८ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App