८ वैशाख २०८१ शनिबार
अर्थ

सुधा अग्रवाललाई ‘महिला चिकित्सक’ सम्मान

सुधा अग्रावाललाई नेपाल चिकित्सक संघले सम्मान गरेको छ।राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रवाललाई महिला चिकित्सक सम्मानले सम्मानित गरेकी हुन्।

कार्यक्रममा हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छाला रोग विभाग प्रमुख रहेकी अग्रवालसहित दिब्यसिंह शाह, रिता थापा, सरस्वती पाध्याय, सुधा शर्मा, कुशुम थापा, किरण थापा, आशा सिंह, संगिता भण्डारी, चन्द्रा कार्की, सानुमैयाँ दली, तारा मानन्धर, राधा शाह र अर्चना वैद्यलाई सम्मान गरिएको थियो।

संघका पूर्वअध्यक्ष केदारनरसिंह केसीको संयोजकत्वमा सम्मान छनोट समिति गठन गरेर महिला चिकित्सक सम्मान पाउने उम्मेदवारको छनोट गरिएको थियो।

प्रकाशित: २४ श्रावण २०७८ ०३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App