६ आश्विन २०८१ आइतबार
image/svg+xml

निषेधाज्ञाबीच बजार अनुगमन

भक्तपुरमा निषेधाज्ञामा पनि बजार अनुगमन रोकिएको छैन। नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार व्यासीमा ६ वटा पसल अनुगमन गरिएको छ।

निषेधाज्ञाले उपत्यकामा खपत घट्दा तरकारी सस्तियो

तरकारी स्टक राख्दा कुहिएर क्षति हुने भएकाले किसानले सस्तो मूल्यमा बिक्री गरिरहेका छन्। कोभिडको संक्रमण बढेपछि उपभोक्ताहरू तरकारी किन्न बजारमा कम निस्किएका छन्। तरकारी किन्ने ठाउँमा भिडभाड हुने भएकाले पनि त्रसित छन्।

प्रहरीकै भरमा निषेधाज्ञा, अटेरी गर्नेको संख्या बढ्दै

नेपाल प्रहरीका अनुसार १५ हजार भन्दा बढी प्रहरी सुरक्षाकर्मी निषेधाज्ञा कार्यान्वयनमा खटिएका छन्। कोरोना संक्रमण बढिरहेको बेला ओहोरदोहोर गर्नेको संख्या बढेपछि आइतबारदेखि प्रहरीले उपत्यकासँगै देशभरका विभिन्न जिल्ला भइरहेका प्रहरी चेकिङ थप कडाइ गरेको छ। सामान्य परिचयपत्रका आधारमा निषेधाज्ञाको अवज्ञा गर्नेको संख्या बढेपछि प्रहरीले कडाइ गरेको हो।

निषेधाज्ञा थप कडा पारिनेछ नआत्तिई यस अभियानमा साथ दिनुहोस्: प्रधानमन्त्री

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले निषेधाज्ञा थप कडा पार्ने बताएका हुन्। उनले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने बताउँदै स्थलमार्गबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको जानकारी दिए।

भक्तपुरमा बजार अनुगमन

भक्तपुरमा निषेधाज्ञामा पनि बजार अनुगमन रोकिएको छैन । नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार व्यासीमा ६ वटा पसलहरु अनुगमन गरेको छ ।

४१ जिल्लामा निषेधाज्ञा आदेश जारी

दैनिक रुपमा निषेधाज्ञाको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन्। शनिबार २९ जिल्लामा निषेधाज्ञाको आदेश जारी भएको थियो। आइतबार ३१ जिल्लामा जारी भएकोमा आज बिहानसम्म ४१ जिल्लामा आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ।

निषेधाज्ञाले काठमाडौंका डेढ सयभन्दा धेरै योजना ठप्प

सडक डिभिजन कार्यालय, काठमाडौं मातहत निर्माणाधीन डेढ सयभन्दा धेरै योजनाको काम रोकिएको हो। निषेधाज्ञाले काठमाडौंमा नियमित रूपमा हुँदै आएको सडक स्तरोन्नति, कालोपत्रे, मार्किङ, फुटपाथ निर्माण, नयाँ कालोपत्रे सडक विस्तार, ड्रेनेज तथा ट्र्याक खन्ने, लगायत मर्मतसम्भारका सम्पूर्ण कार्य ठप्प भएका छन्।

धादिङमा वैशाख २१ देखि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय धादिङमा आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिने निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

सोमबार रातिदेखि ताप्लेजुङमा निषेधाज्ञा

ताप्लेजुङमा पनि निषेधाज्ञाको तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सोमवार राती १२ बजेबाट निषेधाज्ञा जारी गर्ने तयारीे भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।

उपत्यकामा निषेधाज्ञा: आजबाट थप कडाइ

शनिबार बसेको सिसिएमसीको बैठकले आइतबारदेखि निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला सहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने निर्णय गरेको छ। अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने निर्णय गर्दै सञ्चारकर्मीको आवागमनमा पनि कडाइ गर्ने निर्णय गरेको छ।

सडकमै पुगेर सुरक्षाकर्मीका गुनासा सुन्छन् प्रजिअ

दोस्रो लहरको कोरोना संक्रमण बढ्दै जान थालेपछि स्थानीय प्रशासनले एक सातादेखि सुर्खेतमा निषेधाज्ञा जारी गरेको छ ।

मोरङमा शनिबार रातिदेखि एक सातासम्म निषेधाज्ञा

मोरङमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको जारी गरेको छ ।

निषेधाज्ञामा तोकिएका संस्थालाई पास नचाहिने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ। जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञाको दोस्रो दिन सुनसान उपत्यका (फोटोफिचर)

कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न उपत्यकामा निषेधाज्ञा लगाइएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गते राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा लागु गरिएको हो।

निषेधाज्ञामा आजदेखि थप कडाइ

बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्