७ वैशाख २०८१ शुक्रबार
अर्थ

भक्तपुरमा बजार अनुगमन

भक्तपुरमा निषेधाज्ञामा पनि बजार अनुगमन रोकिएको छैन । नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार व्यासीमा ६ वटा पसलहरु अनुगमन गरेको छ ।  

कोभिड १९ को महामारी फैलिएको बेला स्वास्थ्य मापदण्ड मास्क, पञ्जा, सेनिटाइजर र सामाजिक दूरी अपनाई पसल सञ्चालन भए नभएको र खाद्यबस्तु सामानहरु कृत्रिम अभाव देखाई मूल्यवृद्धि र कालोबजारी नहोस् भने हेतुले बजार अनुगमन गरेको जनाइएको छ। यस क्रममा पसल व्यवसायीहरुले तरकारीको मूल्यमा गिरावट आएको सुनाएको बजार अनुगमनका संयोजक गोराले जानकारी गराए।  

अनुगमनमा सिलबन्दी मादक पदार्थ पसल नविकरण गर्नुपर्ने, मूल्यसूचि राख्नुपर्ने, म्याद नाघेको सामानहरु जम्बो स्प्राइट १ वटा, जम्बो कोकाकोला ७ वटा, जम्बो फाण्टा २ वटा, स्टिङ जुस १, बदामको जुस ३ वटा, लाक्मे फेस स्टाइल १ वटा जफत गरी नष्ट गरियो । त्यस्तै जमुना किराना पसल नविकरण गर्नुपर्ने, प्याकेजिंग सामानको लागि खाद्यमा अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रीवितरण गर्न, म्याद नाघेको सामानहरु प्रोमेग्रान्ट फ्रुट ड्रिंक्स ३ वटा, रियल जुस ११ वटा, रुचि जुस १ वटा, बि एन बि ध्यू ३ वटा, स्लाइस २ वटा, टोमाटो जुस ५ वटा, मोसरुम ३ वटा, सगुन तोरीको तेल हाप लिटरको २ वटा, कर्न चिप १२ पाकेट, मान्गो जुस ३ वटा, सनफ्लोर तेल १ वटा, ब्रिटानिया विट रुस ५ पाकेट, क्लिस सोडा १ पाकेट, वेलकम चिया १ पाकेट, खजुरी पफ २ पाकेट, टप विस्कुट ४ पाकेट जफत गरी नष्ट गरियो भने निजको तराजु १ थान जफत गरी कार्यालयमा तीन दिनभित्र कार्यालय उपस्थित हुन निर्देशन दियो ।  

त्यस्तै लक्ष्मी किरान पसल नविकरण गर्ने, मूल्यसूचि राख्ने, प्याकेजिंग सामानको लागि खाद्यमा अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रीवितरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न, खरिद र विक्री बिल प्रयोग गर्न निर्देशन दियो । त्यस्तै सुन्दर भेज स्टोर नविकरण गर्न र प्याकेजिग सामानको लागि खाद्यमा अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रीवितरण गर्न निर्देशन दियो । त्यस्तै निरजको किराना पसल दर्ता गर्न, मूल्यसूचि राख्न, म्याद नाघेको सामानहरु कुरकुरे ५ पाकेट, क्विक्स ३ पाकेट, ह्यापि चिजबल २ पाकेट, हट्के झट्के चाउचाउ १ पाकेट, अल टाइम टोमाटो मच ११ पाकेट, पपकर्न २ पाकेट, वहा पपकर्न १ पाकेट, यो म्याजिक मसला क्रेकर २ पाकेट, मामा चिकेन भुजिया ६ पाकेट, कुरकुरे १ पाकेट, विग मिनि चाउचाउ ४१ पाकेट, शान्ति चेरी कुकिज ३ पाकेट, हिट्स चाउचाउ १ पाकेट जफत गरी नष्ट गरियो भने तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो । अनिलाको किराना पसल नविकरण गर्न, मूल्यसूचि राख्न, प्याकेजिंग सामानको लागि खाद्यमा अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रीवितरण गर्न निर्देशन दिई अएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।  

अनुगमनमा सेनिटेसनका वडा निरीक्षक रामकृष्ण प्रजापति, भक्तपुर उद्योग बाणिज्य संघका विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद बाटी, सहायक प्रहरी निरीक्षक नजरमान घलानको सहभागी रहेको थियो ।

प्रकाशित: २० वैशाख २०७८ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App