७ वैशाख २०८१ शुक्रबार
समाज

निषेधाज्ञाबीच बजार अनुगमन

भक्तपुरमा निषेधाज्ञामा पनि बजार अनुगमन रोकिएको छैन। नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार व्यासीमा ६ वटा पसल अनुगमन गरिएको छ।  

कोभिड १९ को महामारी फैलिएको बेला स्वास्थ्य मापदण्ड माक्स, पञ्जा, सानिटाइजर र सामाजिक दुरी अपनाइ पसल सञ्चालन भए, नभएको तथा खाद्यवस्तुको कृत्रिम अभाव देखाई मूल्यवृद्धि र कालोबजारी नहोस् भने हेतुले बजार अनुगमन गरेको जनाइएको छ।

यस क्रममा पसल व्यवसायीले तरकारीको मूल्यमा गिरावट आएको सुनाएको बजार अनुगमनका संयोजक गोराले जानकारी गराए। अनुगमनका क्रममा म्याद नाघेका वस्तु जफत गरी नष्ट गरेको कैफियत देखिएका व्यापारीलाई व्यापारीलाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

प्रकाशित: २१ वैशाख २०७८ ०४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App