२१ आश्विन २०८१ सोमबार
image/svg+xml

डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यक्षेत्रमै बास

एकदुई जनामा संक्रमण देखिए कार्यालय नै सिल गर्नुपर्ने अवस्थामा जिल्ला बाहिरबाट जनशक्ति ल्याउनुपर्ने र व्यवस्थापनमा समेत समस्या हुने भएकाले आवश्यक सर्तकता अपनाएर डिउटीमा खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कोरोनाबाट अमेरिकामा अर्का नेपालीको निधन

कोरोना संक्रमणका कारण अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ। कनेक्टिकटमा एक नेपालीको निधन भएको हो। पुर्ख्यौली थलो पोखरा भएका राज सेन ठकुरीको आज निधन भएको हो। कनेक्टिकटमा कोरोना संक्रमणका कारण निधन हुने ठकुरी पहिलो नेपाली हुन्।

प्रकृतिमा आधारित समाधान खोजौँ

जलवायु परिवर्तन र कोभिड–१९ बीचको अन्तरसम्बन्ध त अझै परिभाषित भइसकेको छैन तर जलवायु परिवर्तन र कोभिड–१९ को बीचमा सम्बन्ध नै छैन भन्न सक्ने अवस्था पनि छैन।

मृत्युमा पनि एक्ल्याउने कोरोना काल

कोरोना महामारीमा मृत्युपछिको संस्कार विधि र अन्तिम यात्रा परम्परागत रुपमा हुन सकेको छैन। धार्मिक विधि र प्रचलन कोरोना संक्रमणको डरले निस्तेज बनेका छन्।

नेपालमा कति जनालाई निको भयो कोरोना ?

टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना मुक्त भएका छन्। टेकु अस्पतालमा उपचार गराईरहेका उनीहरुको पछिल्ला रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। उपचारमा आएको ९ औं दिनमा उनीहरुलाई डिस्चार्ज गरिएको हो। यो सँगै नेपालमा ४९ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

रौतहटमा दश लाख रुपैयाँ बरामद

दुवै जनाले फालेर भागेको झोलालाई प्रहरीले चेक गर्दा दश लाख दश हजार रुपैया नेपाली रहेको पाइएको छ । फरार दुवै जनाले छाडेको ना ५४ प २११६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

बजेटमा समावेश हुनैपर्ने पक्ष

लकडाउनअघि विकास बजेट करिव २५ प्रतिशत खर्च भएको र राजस्व ५० प्रतिशत मात्र उठेको अवस्थामा अर्थतन्त्र सन्तुलित हुने गरी आगामी बजेट घोषणा गर्नु ठूलै चुनौती छ।

बन्दाबन्दी नहोस् फन्दाफन्दी

सुरक्षा फौजले लगाउने बर्दीले कोभिड–१९ नामक भाइरस पटक्कै डराउने छैन। यसरी संक्रमित भएर ठूलो संख्यामा सुरक्षा फौज बस्नुप-यो भने झन संकट आउनेछ।

देशभरका आधा जिल्लामा फैलियो कोराना

तराईका जिल्लाहरुमा फैलिएको कोरोना संक्रमण पछिल्लो समयमा पहाडी तथा नयाँ जिल्लामा संक्रमण हुने क्रम बढ्न थालेको छ। मंगलबारसम्म ३६ जिल्लामा पुगेको संक्रमण बुधवारको दिन १८ पुगेको छ।

रोग भन्दा भोकको चिन्ता

वीरेन्द्रनगर–१२ इत्रामकी कमला विक झिसमिसेमै उठ्छिन् अनि छोरालाई पिठ्यूमा बोकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय पुग्छिन् । त्यतिबेलासम्म बिहानको ५ बजिसक्छ ।

गाउँपालिकाको नाकामा आवत–जावत रोक

छिमेकी पालिकामा कोरोना संक्रमित व्यक्ति फेला परेसँगै खोटाङको रावाबेँसी गाउँपालिकाले सीमा नाकामा हुने आवत–जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकाका एक जना युवालाई कोरोना संक्रमण भएको पुष्टी भएपछि रावाबेँसी गाउँपालिकाले लकडाउनको अवधिभरका लागि सबै प्रकारका गाडी तथा पैदल आवत–जावतमा रोक लगाएको हो ।

सभामुखसहित सांसदको पनि स्वाब संकलन गरियो

गण्डकी प्रदेशसभा बैठकको तयारीअन्तर्गत बुधबार सांसदहरूको पनि स्वाब संकलन गरिएको छ । संसद् बैठक अघि सांसदहरूलाई कोरोना भए/नभएको पहिचान गर्न बुधबार सभामुख, उप–सभामुखसहित सांसदहरू गरी कुल एक सय १४ जनाको स्वाब संकलन गरिएको हो । उनीहरूको पिसिआर परीक्षण गरिने जनाइएको छ ।

सेनाको रेखदेखमा जुम्लाको जिल्लास्तरीय एकीकृत क्वारेन्टिन

जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको क्वारेन्टिनको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लास्तरीय क्वारेन्टिनको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको हो । स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन निकै अव्यवस्थित र सुरक्षाका हिसावले निकै चुनौति पुर्ण भएकोले एकीकृत क्वारेन्टिनको व्यवस्था गरेर सुरक्षा जिम्मेवारी सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्