२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गाउँपालिकाको नाकामा आवत–जावत रोक

छिमेकी पालिकामा कोरोना संक्रमित व्यक्ति फेला परेसँगै खोटाङको रावाबेँसी गाउँपालिकाले सीमा नाकामा हुने आवत–जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकाका एक जना युवालाई कोरोना संक्रमण भएको पुष्टी भएपछि रावाबेँसी गाउँपालिकाले लकडाउनको अवधिभरका लागि सबै प्रकारका गाडी तथा पैदल आवत–जावतमा रोक लगाएको हो । गाउँपालिकास्तरिय कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय समितिको बुधबारको बैठकले गाउँपालिकाको सबै नाकाबाट हुने सबै खालका आवत–जावत बन्द गर्ने निर्णय गरेको हो ।  

कोरोनाको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आगामी जेठ १६ गतेसम्मका लागि गाउँपालिकाको कार्यालयबाट अत्यावश्यक बाहेकका अन्य काम समेत बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । नेपाल सरकारले लागू गरेको लकडाउन अवधिभर गाउँपालिकाभित्रका खाद्य पसल दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ५ बजेसम्म मात्र खुला गर्ने निर्णय गरिएको छ । यस्तै, गाउँपालिकाभित्र सञ्चालित होटल पूर्णरुपमा बन्द गराउन व्यवसायीलाई आग्रह गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । 

 

 

 

प्रकाशित: ७ जेष्ठ २०७७ १५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App