१९ असार २०८१ बुधबार
image/svg+xml

गोरखा–फिनाम सडकमा ठेकेदारको लापरबाही

अत्यधिक धुलोले उक्त सडक भएर दिनहुँ आउजाउ गर्ने सरस्वती मावि आहाले, वल्र्ड क्यापिटल लगायत विद्यालयका विद्यार्थीले निकै सास्ती भोगेका छन्। ४.६ किलोमिटर सडक दुई वर्षभित्र निर्माण सक्ने गरी आठ करोड ४७ लाखमा बानियाँ निर्माण सेवाले जिम्मा लिएको हो।

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू

हिन्दु र मुस्लिम समुदायबीच झडप हुने अवस्था सृजना भएपछि स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन २०२८ अनुसार आज (शनिबार) दिउँसो २ बजेबाट भोलि (आइतबार) बिहान ८ बजेसम्मका लागि साबिक मलंगवा नगरपालिका भित्र कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

अस्तव्यस्त खानेपानी, सास्ती भोग्दै सदरमुकामबासी

खानेपानीको उचित व्यवस्थापन नहुँदा मार्तडीबासीले सास्ती भोग्नु परेको छ। खानेपानीको व्यवस्थापनको जिम्मा लिएको मार्तडी बहृत खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकामबासी सास्ती भोग्न बाध्य भएका हुन्।

सदरमुकाममा प्रदेश सरकार मातहतका कार्यालय खोल्न दोलखा कांग्रेसको माग

नेपाली कांग्रेस दोलखाले सबै जिल्ला सदरमुकामहरुमा प्रदेश सरकार र प्रादेशिक मन्त्रालय मातहतका सरकारी कार्यालय खोल्न बागमती प्रदेश सरकारसँग माग गरेको छ।

जुम्ला सदरमुकाममै छैन आधारभूत सुविधा

जुम्ला, सिँजाका जयबहादुर खत्री सदरमुकाम खलंगा बस्न थालेको झण्डै एक दशक बित्न थालेको छ। अध्ययनका लागि सदरमुकाम खलंगा बसेका उनी यस क्षेत्रमा आधारभूत सुविधा (विद्युत, खानेपानी, यातायात र सञ्चार) पाउन नसकेको बताउँछन्।

पुष्पलाल मध्यपहाडी राजमार्ग, सदरमुकामबाटै कालोपत्रे

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्र्तगत दैलेख सदरमुकाम र आसपास स्थानीयको विवादका कारण रोकिएको निर्माण कार्य तत्काल हुने भएको छ। लामो समयदेखि विवादित ठाउँमा स्थानीयहरुलाई सहमतिमा ल्याई विवाद समाधान भएपछि सदरमुकामबाटै राजमार्ग कालोपत्रे हुने भएको हो।

चिसो बढेपछि प्रहरी चौकी सदरमुकाम सारिँदैे

कर्णालीका उच्च हिमाली क्षेत्रमा चिसो बढेपछि त्यहाँ रहेका प्रहरी चौकीलाई सदरमुकाम सार्न थालिएको छ। माथिल्लो डोल्पाका ६ वटा प्रहरी चौकीलाई जिल्ला सदरमुकाम सारिएको छ भने हुम्लाका दुई र मुगुको एक प्रहरी चौकीलाई केही दिनमै सार्ने तयारी गरिएको छ।

सदरमुकाममा चहलपहल घट्दै, गाउँमा बढ्दै

बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि नागरिक आजकल बिरलै सदरमुकाम छिर्ने गरेका छन्। सिंहदरबारको अधिकार गाउँगाउँमा आएपछि सदरमुकामको व्यापार व्यसाय मात्र होइन, सरकारी अड्डासमेत सुनसान छन्।

सदरमुकामको मुखैमा फोहोरको डंगुर

सदरमुकाम सन्धिखर्क छिर्ने बाटोको छेउँमै फोहोर फाल्ने गरिएको छ। फोहोर व्यवस्थापन गर्न उपयुक्त ठाँउको अभावमा बजारबाट उत्पन्न फोहोर बाटोमै फाल्ने गरिएकाे हाे।

युवकको हत्यारालाई कारवाहीको माग गर्दै सदरमुकाम बन्द

युवकको हत्यारालाई कारवाहीको माग गर्दै आज महोत्तरीको सदरमुकाम जलेश्वर बन्द गरिएको छ ।

सदरमुकाम सुनसान, गाउँ भरिभराउ

‘सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नाराले अहिले पूर्णता पाएजस्तो लागेको छ। बल्ल अहिले गाउँ फर्किने वातावरण बनेको छ।’

अवैध रुपमा सिसी क्यामरा जडान

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न स्थानमा गैरकानूनी रुपमा सिसी क्यामरा जडान गरेको पाइएको छ। सदरमुकाम इनरुवा, धरान, इटहरी लगायतका क्षेत्रमा रहेको विभिन्न पसल तथा सरकारी र गैरसरकारी संस्थाहरुमा गैरकानूनी रुपमा सिसी क्यामरा जडान गरेको पाइएको हो। सुन पसल, कस्मेटिक पसल, प्राइभेट बैंकहरुले गैरकानूनी रुपमा सिसी क्यामरा जडान गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीको तथ्याङ्कले देखाएको छ।

सरकारी चिया बगान फिर्ता गर्न माग

निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन्–झन् बिजोक बनाउन थालेपछि इलामका सरकारी चिया बगान र उद्योग सरकारलाई नै फिर्ता गर्न स्थानीयको माग जोडदार रूपमा उठ्दैछ।

निर्माण ढिलाइले सदरमुकामको सडक अस्तव्यस्त

उदयपुर सदरमुकाम गाईघाटको चार लेनको सडक निर्माणको म्याद सकिएको ६ महिनासम्म पनि सम्पन्न नहुँदा अस्तव्यस्त अवस्थामा पुगेको छ। गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गतको उक्त सडकको काम डेढ वर्षअघि सुरु भए पनि निर्माण कम्पनीको ढिलाइका कारण तीन महिनायता काम ठप्प भएपछि बजारबासी धुलो र हिलोको सामना गर्न बाध्य छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्