२१ असार २०८१ शुक्रबार
image/svg+xml

त्रियुगामा ऐलानी जमिनमा बसोबास गर्नेकाे संख्या अत्याधिक

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको एक तथ्यंकले देखाएको छ। नगरपालिकाले अव्यवस्थिततवरले ऐलानी जमिनमा बसोबास गर्नेलाई व्यवस्थापन गर्नको लागि आव्हान गरेको आवेदन एक महिनामै १८ हजार दर्ता भएपछि ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको खुल्न आएको छ।

केन्द्र र नाममा अल्झनैअल्झन

तत्कालीन रूकुम टुक्र्याएसँगै नयाँ जिल्ला बनेको पूर्वी रुकुमको केन्द्र (सदरमुकाम) कहाँ रहने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन। यही विषयलाई लिएर जिल्लावासी दुई कित्तामा विभाजित छन्। सदरमुकामकै विषयले पछिल्लो समय पूर्वी रुकुम तनावग्रस्त बन्न पुगेको छ।

रुकुम (पूर्व) सदरमुकाम विवाद : पूर्व सहायकमन्त्री रोकालाई थप उपचारका लागि काठमाडौं लगियाे

रुकुम (पूर्व) को सदरमुकाम विवादमा भइरहेको आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका पूर्व सहायकमन्त्री सहित दुई जनाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ।

सडक बिस्तारले स्थानीयलाई सकस

रोल्पा सदरमुकामस्थित लिवाङ बजारका स्थानीय सडक बिस्तार हुने भएपछि चिन्तामा परेका छन्। ‘सहायक राजमार्ग’ सडकको मध्य बिन्दुबाट १५–१५ मिटरको हुनेछ भनेर राजपत्रमा लेखिएपछि बैङ्कहरूले सडक छेउका घरमा ऋण लगानी गर्न छाडेपछि उनीहरू सकसमा परेका हुन।

सदरमुकामको शासन सकियो !

जिल्ला सदरमुकाममा रहेका जनसम्पर्क हुने प्रायः सरकारी कार्यालयका काम गाउँ-नगरपालिकामा हस्तान्तरण हुने भएपछि सदरमुकाममा देखिने चहलपहल वर्षापछिको खहरेझैँ सुकेको छ ।

केसीकाे समर्थनमा जुम्ला सदरमुकाम खलंगामा अर्धनग्न जुलुस

प्राध्यापक डा. गोविन्द केसीको अनशन चौंथो दिन पनि जारी छ । चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता प्राध्यापक डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नागरिक समाज जुम्लाले अर्धनग्न जुलुस निकालेको छ।

बलात्कारबाट गर्भवती बालिका न्याय खोज्दै सदरमुकाम

जिल्लामा महिला हिंसा र बालिका बलात्कारको ग्राफ उचाईमा पुगेका बेला एक बालिका बलात्कृत भएर न्याय खोज्दै सदरमुकाम आएकी छिन्। सूर्याेदय नगरपालिकाकी १५ वर्षीया बालिका बलात्कारपछि पेटमा ६ महिनाको गर्भ लिएर न्याय खोज्न भौंतारिएकी हुन्।

डडेल्धुरा सदरमुकाममा खानेपानीको चरम अभाव

बढ्दै गएको गर्मिसँगै एक साता यता डडेल्धुरा सदरमुकाम क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ। सदरमुकाम क्षेत्रमा बढ्दै गएको जनसंख्या एवम् लामो समयदेखीको खडेरीका कारण खानेपानीका मुहानमा पानीको सतह घट्दै गएपछि पानीको अभाव हुन थालेको हो।

रित्तिदै सदरमुकाम, भरिदै गाउँ

सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि भोजपुर सदरमुकाम रित्तिँदै गएको छ।  संघीयताको कार्यान्वयनसँगै स्थानीय तह बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार हुन थालेपछि गाउँ भरिन थालेका हुन्।

सदरमुकाममै पटक–पटक चोरी

खोटाङ सदरमुकाम दिक्तेलमा श्रृंखलाबद्ध चोरीका घट्ना बढेको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेको बीचमा रहेका दिक्तेलबजारमा गत साउन यता चार पटक चोरीका घट्ना भइसकेका छन्।

डोल्पा सदरमुकाम पाँचौ दिन ठप्प

ठुलीभेरी नगरपालिकाको केन्द्र जुफाल सारिएको बिरोधमा डोल्पा सदरमुकाम पाँचौ दिनपनि ठप्प रह्यो। दुनैवासीको आन्दोलनले यहाँको जनजीवन कष्टकर बन्दै गएको छ।

सदरमुकाम आन्दोलन : दुनै दोस्रो दिन पनि बन्द

डोल्पा सदरमुकाम दुनै शुक्रबार पूर्णरुपमा बन्द रह्यो। दुनै कायम गरिएको ठुलीभेरी नगरपालिको केन्द्र जुफाल सारिएको विरोधमा सदरमुकामवासी आन्दोलमा उत्रिदा दोस्रो दिन पनि दुनै बजार बन्द भएको हो।

रुकुम (पूर्व) सदरमुकाम विवादमा सरकारद्वारा सर्वोच्चमा जवाफ

रुकुम (पूर्व) को सदरमुकाम विवादबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेको छ। महान्यायधिवक्ताको कार्यालय मार्फत सरकारको तर्फबाट प्रत्रानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजीव गौतमले लिखित जवाफ पेश गरेका हुन्।

महिना दिन पुग्दासमेत रोकिएन सदरमुकाम आन्दोलन

सदरमुकामको माग गर्दै गरिएको आन्दोलन शुक्रबार ठिक एक महिना पुगेको छ। माघ ११ गते राती शेरवहादुर देउवा नेतृत्वको सरकारले रुकुम (पूर्व) को सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ गोलखाडामा बनाउने निर्णय गरेपछि सोही दिन राती देखी नै रुकुमकोटवासीहरु आन्दोलित भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्